चन्द्रमा जाने पहिलो मानव निल आर्मस्ट्रङ्गसँग छात्रवृत्ति माग्दै महावीर पुनले लेखेका थिए पत्र

काठमाडौं । सामाजिक अभियन्ता तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवम् अध्यक्ष महाबीर पुनले चन्द्रमामा पहिलो मानव पाइला टेक्ने निल आर्मस्ट्रङ्गलाई पत्राचार गरेको विषय सार्वजनिक गरेका छन् । चन्द्रमामा पहिलो पटक मानव पुगेको ५४ वर्ष पूरा भएकै दिन पुनले आफ्नो अनुभव बाँडेका हुन् ।

“आजभन्दा ३६ वर्ष अगाडि म अन्धाधुन्ध अमेरिका पढ्न जाने प्रयास गर्दै थिएँ,” पुनले सामाजिक सञ्जालको एक पोस्टमा लेखेका छन्, “त्यसो गर्दै गर्दा चन्द्रमामा पाइला टेक्ने पहिलो मानव निल आर्मस्ट्रङ्गलाई पनि छात्रवृत्तिका लागि अनुरोध गर्दै पत्र लेखेको थिएँ ।”

पुनले उक्त पत्रको जवाफ समेत आर्मस्ट्रङ्गको तर्फबाट प्राप्त भएको उल्लेख गरेका छन् । सहयोगी मार्फत लेख्न लगाइएको उक्त जबाफी पत्रको फोटो समेत पुनले बाहिर ल्याएका छन् ।

“त्यो पत्रको सक्कल कपी मसँग छ,” उनले भनेका छन्, “यो कुरा अब छिट्टै आउँदै गरेको मेरो जीवन कथामा पनि सविस्तार लेखेको छु ।”

निल आर्मस्ट्रङ्गको तर्फाबाट ४ फेब्रुअरी १९८८ को मितिमा लेखिएको जबाफी पत्रमा पुनसँगै धनञ्जय पाठकलाई समेत सम्बोधन गरिएको छ । पाठक तत्कालीन समयमा चितवनमा आफूसँगै पढाउने साथी रहेको पुनले बताएका छन् ।

“आर्मस्ट्रङ्गले मलाई तपाईंहरूको पत्र र नेपालको ग्रामीण शिक्षाको गुणस्तर सुधार गर्ने योजनाको सूचनालाई लिएर धन्यवाद भन्न लगाउनु भएको छ,” प्रशासन सहायक भिभियन ह्वाइटको नामबाट लेखिएको उक्त पत्रमा भनिएको छ, “शिक्षाका लागि एकदमै उच्च रूपमा अभिप्रेरित शिक्षक सबैभन्दा महत्त्वपूर्ण साचो हुने कुरामा आर्मस्ट्रङ्ग विश्वास गर्नु हुन्छ ।

तपाईंहरूको प्रयासबाट नेपाली शिक्षा क्षेत्रले अवश्य पनि फाइदा लिनेछ ।” आफूहरू विश्वभरका विद्यालयहरूलाई आर्थिक सहयोग गर्ने स्थानमा नरहेको भन्दै आर्मस्ट्रङ्गको तर्फबाट निरन्तर सफलताका लागि हौसला र शुभकामना दिइएको छ । -टेकपाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।