यस्तो छ ५ वर्ष वारेन्टी भएको ‘पल्सर एनएस २००’को विशेषता

काठमाडौं । हंशराज हुलासचन्द्र एण्ड कम्पनीले नेपालमा बजाज पल्सर मोटरसाइकल बिक्री गर्छ । २५ वर्ष देखि नेपालमा बजाज कम्पनीको मोटरसाइकल बिक्री गरिरहेको कम्पनीले विभिन्न मोडलका स्तरीय र युवामाझ लोकप्रिय मोटरसाइकलहरु बेचिरहेको छ ।

बजाज मोटरसाइकल नेपालमा सर्वाधिक बिक्री हुने मोटरसाइकल ब्रान्डमा हरेक वर्ष दरिँदै आएको छ । हरेक वर्ष नयाँ नयाँ मोडलका मोटरसाइकल बजारमा सार्वजनिक गरिरहेको कम्पनीले यो वर्ष केही लोकप्रिय मोटरसाइकललाई थप अपग्रेड गरेर बजारमा ल्याएको छ । युवाहरु माझ निकै लोकिप्रिय मानिएको पल्सर एनएस २०० र एनएस १५० सीसीलाई कम्पनीले थप अपग्रेड गरेर यस वर्ष बजारमा पस्किएको हो ।

पल्सर एनएस २०० लाई अत्याधुनिक डिजिटाइजेसनदेखि सुरक्षा र सुविधामा आमूल परिवर्तन गरेर बजारमा ल्याइएको कम्पनीको दाबी छ । बजाज कम्पनीकाअनुसार नयाँ बजाज २०० एनएस बाइकमा इन्धन, गेयर, बाइकको तापक्रम, ब्याट्रीमा आएको समस्या लगायतका सुविधा अब डिजिटल कन्सोल र मिटर डिस्प्ले मै राइडरले देख्न सक्नेछन् । यस्तो सुविधाले बाइकमा आउन सक्ने जोखिम राइडरलाई पहिल्यै थाहा हुन्छ ।

५ वर्षको वारेन्टी भएको बाइकलाई सरल खरिद सुविधा समेत उपलब्ध गराइएको छ । ‘सार्पर देन एभर’ थिममा बजारमा आक्रामक बिक्री वितरण भइरहेको पल्सर एनएस २०० फेरिएका सुविधा धेरै छन् ।

डिजिटल मिटर र कन्सलमा परिवर्तन

पल्सर एनएस २००को नयाँ बाइकमा बाइकको डिजिटल मिटर र कन्सलमा परिवर्तन गरिएको छ । उक्त परिवर्तनपछि मोटरसाइकल उच्चस्तरीय डिजिटल सुरक्षामा आधारित बनेको छ ।

यस्तो परिवर्तनपछि अब राइडरले बाइकको गेयर, बाइकको तापक्रम, ब्याट्रीको अवस्थासहित बाइक कति गुडेपछि तेल सकिन्छ भन्ने सूच्न्ँ देख्न सक्छ ।

बाइकमा अन्य कुनै पनि समस्या आयो भने यसमा रहेको सेन्सरबाट समस्याबारे जानकारी गराउन फङ्सन इन्डिकेटरले काम गर्छ र राइडरलाई थाहा हुन्छ । यस्तै, सबै प्रकारका हेभी बाइकमा जस्तै पल्सर एनएस २०० मा पनि यूएसडी फ्रन्ट फर्क स्तरीय तबरले राखिएको छ ।

यसले बाइकलाई अफ र अन रोड दुवैमा निकै आरामदायी बनाउँछ । बाइक राइडिङ गर्दा एकदमै सहज हुन्छ भने घुम्तीमा पनि निकै सहज हुन्छ । लामो यात्रामा पनि राइडरलाई थकित हुन दिंदैन ।

स्तरीय ब्रेक

नयाँ पल्सर २०० एनएसमा ब्रेकमा सुधार गरिएको छ । एण्डी लक ब्रेक सिस्टम (एबीएस) मा अगाडि डुअल च्यालन एबीएस छ । यस्तै, ३०० सय एमएमको फ्रन्ट डिस्क साइज छ । रियरमा २३० एमएमको डिस्क साइज छ । यस्तो बेला इमरजेन्सी ब्रेक लगाउँदा बाइक चिप्लिने र लड्ने सम्भावना कम गर्छ ।

टायर साइज सुधार

नयाँ मोटरसाइकलको टायर पनि सुधार गरिएको छ । जसअनुसार फ्रन्टमा १००/८०–१७ आकारको टायर प्रयोग भएको छ भने रियरमा १३०/७०–१७ को टायर प्रयोग गरिएको छ ।

कस्तो छ इन्जिन ?

बाइकमा ट्रिपल स्पार्क, फोर भी र लिक्विड कुलिङ इन्जिन र एफआई प्रयोग भएको छ । यो बाइकले ९ हजार ७ सय ५० आरपीएममा २४.५ पियसको पावर डेलिभरी गर्छ ।

साथै १८.७७ एनएमको टर्क र ८ हजार आरपीएम पावर उत्सर्जन गर्छ । इन्जिनलाई एयर फिल मिक्सिङ चाहिन्छ भनेर एफआई प्रविधिले फ्युल इन्जेक्ट गर्ने भएकाले इनधन किफायती हुन्छ । यसमा पिकअप पावर पनि राम्रो हुन्छ ।

बाइकमा ६ वटा गेयर

पल्सरको यो मोडलको बाइकमा ६ वटा गेयर सिस्टम छ । यि ब्रेकहरु एउटा अगाडि छ भने बाँकी सबै पछाडि छ । बाइकमा ग्राउण्ड क्लेयरिङ पनि बढेर आएको छ । यो बाइक १६८ एममएमको ग्राउण्ड क्लेरेयन्समा उपलब्ध छ । बाइकको मनोसन्पेन्सनका कारण निकै कम्फर्टेबल छ ।

दुई कलरको बाइक

यो बाइक बजारमा २ वटा कलरमा उपलब्ध छ । कालो र सेतो रङ्‍गमा देशभरका बजाजका शोरुमहरुमा यो बाइक उपलब्ध हुने कम्पनीले जनाएको छ ।

मूल्य खरिद सुविधा

यो बाइकको नयाँ उपभोक्ता मूल्य ४ लाख २४ हजार ९ सय रुपैयाँ छ । बाइक क्यास, एक्सचेन्ज र फाइन्यान्स तीन वटै सुविधामा बाइक खरिद गर्न सकिन्छ । फाइनान्समा २५ प्रतिशतमा पनि बाइक खरिद गर्न सकिन्छ । ५० प्रतिशत डाउन पेमेन्ट तिरियो भने शून्य प्रतिशत ब्याजमा बाइक पाइन्छ ।

५ वर्ष वारेन्टी

बाइकमा ५ वर्ष वा ६० हजार किलोमिटरको वारेन्टी हुन्छ । यो अवधिमा २५ वटा सर्भिसिङ हुन्छ जसमध्ये १३ वटा सर्भिसिङ उपभोक्ताले पाउँछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।