‘दमाई महाराज’मा यसरी पेश भए प्रकास सपूत

काठमाडौ । अन्ततः प्रकास सपूतको गीति भिडियो ‘दमाई महाराज’ सार्वजनिक भएको छ । पूर्ववत् गीति भिडियोमा झै यसपाली पनि उनले फरक सामाजिक मुद्दालाई मियोमा राखेका छन् । र, उही कथानक शैलीमा मीठो भाका हालेर पेश गरेका छन् ।

‘दमाई माहाराज’मा प्रकासले छुवाछुत वा नश्लीय विभेद विरुद्धको कुरा गरेका छन् । दमाईको गर्भमा जन्मिएको एउटा अबोध वालक मन्दिरमा प्रवेश गर्दा ‘अछुतो’ भयो भन्ने आडम्बरमाथि उनले कटाक्ष गरेका छन् । जन्मको आधारमा कोही सानो, ठूलो हुँदैन, धर्मग्रन्थले कसैमाथि विभेद गर्नु भनेको छैन, मान्छे जन्मले होइन कर्मले कोही श्रेष्ठ वा कोही निच हुन्छ भन्ने सन्देश पस्किएका छन् ।

हरेक पटक पृथक शैली पस्कने प्रकासको गीत यसपाली भजन शैलीमा छ । गीत प्रकास स्वयमले रचेका हुन् । संगीत पनि उनकै हो । आवाजमा प्रकासलाई शान्तिश्री परियारले साथ दिएकी छिन् । सुदिप सागरले संगीत संयोजन गरेका छन् ।

धार्मिक सप्ताहको पृष्टभूमी बनाएर प्रकासले गीतको म्युजिक भिडियो बनाएका छन् ।

‘दमाई महाराज’को म्युजिक भिडियोको कथा रचना र निर्देशन प्रकास सपूतले गरेका हुन् । भिडियोमा प्रकाससँगै अन्जली अधिकारी, गीता ढुंगाना, गरिमा शर्मा, प्रभात ठाकुरी देख्न सकिन्छ । भिडियोलाई मीलन कृष्ण महर्जनले र दिनेश पराजुलीले खिचेका हुन् । यो गीति भिडियो उनले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।