दुई खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात

काठमाडौं, साउन ६ । एक वर्षमा मुलुकमा पेट्रोलियम पदार्थको आयात १३ प्रतिशतले घटेको छ । नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष २०७९/८० मा पेट्रोलियम पदार्थको आयात १३ प्रतिशतले घटेर दुई खर्ब ८१ अर्ब ७३ करोड २६ लाख रुपियाँ बराबरको २७ लाख ८२ हजार ८३२ किलोलिटर (डिजेल, पेट्रोल, मटितेल, हवाई इन्धन र एलपी ग्यास) आयात भएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा तीन खर्ब आठ अर्बको ३१ लाख ८९ हजार ७१६ किलोलिटर आयात भएको थियो ।

त्यतिबेला रुस–युक्रेनको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दै गएपछि दोब्बर रुपियाँको आयात भएको थियो । आर्थिक वर्ष २०७९/८० मा मुलुकमा देखापरेको आर्थिक सङ्कटका कारण आर्थिक गतिविधि चलायमान नहुँदा पेट्रोलियम पदार्थको आयातमा कमी भएको हो ।

निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले इन्धनको खपत कम हुँदा आयातमा कमी आएको जानकारी दिनुभयो । विकास निर्माणका काम कम हुनु, विद्युतीय गाडीको प्रयोग बढ्दै गएको र भारतमा भन्दा नेपालमा इन्धनको मूल्य महँगो हुँदा गएको आर्थिक वर्षमा आयातमा कमी भएको उहाँले जानकारी दिए ।

हवाई इन्धनको आयात बढे पनि अन्य सबै पेट्रोलियम पदार्थको आयातमा कमी आएको उहाँले जानकारी दिनुभयो । निगमका अनुसार गत आर्थिक वर्षमा डिजेल आयात १९.४६ प्रतिशतले घटेर १४ लाख सात हजार १७१ किलोलिटर आयात भएको छ । यस्तै पेट्रोलको आयात ७.७५ प्रतिशतले घटेर छ लाख ७७ हजार ११६ किलोलिटर आयात भएको निगमको तथ्याङ्क छ । मटितेल आयात २४.६१ प्रतिशतले घटेर १३ हजार किलोलिटर आयात भएको छ । यस्तै खाना पकाउने एलपिजी ग्यास भने ५.३४ प्रतिशतले घटेर पाँच लाख १२ हजार १७३ मेट्रिक टन आयात भएको तथ्याङ्क छ । गोरखापत्र दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।