अजय थिएनन् काजोलको पहिलो प्रेम, अक्षय कुमार भनेपछि हुरुक्कै हुन्थिन् !

एजेन्सी – अभिनेत्री काजोल बलिउडमा नौलो नाम होइन। बलिउड चलचित्रका पारखीहरु काजोललाई धेरै नजिकबाट चिन्छन्। पछिल्लो समय अभिनयमा खासै सक्रिय नभएपनि काजोल लाइमलाइट देखि टाढा छैनन्।

अजय देवगनसँग विवाह गरेपछि काजोल घर-गृहस्तीमै व्यस्त छिन्। धेरैलाई थाहा नहुन सक्छ अजयसँग प्रेम सम्बन्ध शुरु हुनु भन्दा अगाडी काजोल बलिउडका अर्का नायकलाई धेरै मनपराउँथिन्। ती नायक अरु कोहि नभई अक्षय कुमार रहेका छन्।

कुनै एक समयमा अक्षय काजोलको क्रश रहेको खुलासा प्रसिद्ध फिल्म निर्देशक करण जोहरले गरेका हुन्। अभिनेता अक्षय कुमार अझै पनि फिटनेस र आकर्षक लुकका कारण युवतीहरुलाई आकर्षित गर्छन्।

कारण जोहरले खोले काजोलको पोल

कारण र काजोल धेरै मिल्ने साथि हुन्। अक्षय कुमार पछिलो चलचित्रबाटै चर्चामा आएका थिए। त्यसबेला उनी युवती माझ चर्चित भएका थिए। अक्षयलाई मन पराउनेको संख्या ठूलो थियो। ती मध्येमा काजोल पनि थिइन्। जब काजोलले पहिलो पटक अक्षय कुमारलाई देखेकी थिइन्, उनले अक्षयलाई दिल दिएकी थिइन्। यी सबै कुरा करण जोहरले द कपिल शर्मा शोमा गरेका थिए।

निर्देशक करण जोहर र काजोल कपिलको शोमा पाहुनाको रुपमा पुगेका समयमा करणले सो बारे विस्तृतमा खुलासा गरे। काजोल र करण एक पार्टीमा पुगेका थिए। त्यहाँ अक्षय पनि आएको खबर काजोलले पाएकी थिइन्। त्यसपछि करणलाई लिएर काजोलले अक्षयलाई खोजेकी थिइन्। पार्टीमा अक्षय ता भेटिएनन्, तर करण र काजोल भने राम्रो साथि भए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।