ललिता निवास प्रकरणमा फेरि तात्यो सीआईबी, नापीका पूर्वकर्मचारी पक्राउ
काठमाडौं। ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले थप एक जनालाई पक्राउ गरेको छ।
नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ पक्राउ परेका हुन्। यसअघि शुक्रवार सर्वोच्च अदालतले पक्राउविरुद्धका रिट खारेज गरेपछि सीआईबीलाई अनुसन्धानमा सजिलो भएको हो।
यस प्रकरणमा हालसम्म १८ जना पक्राउ परेका छन्।
बहालवाला सचिव कृष्ण राउतलाई भने थुनाबाहिर राखेर अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएको छ।


