माधव नेपाललाई अर्को झट्का ,जिल्ला अध्यक्ष बस्नेत एमालेमा प्रवेश

काठमाडौं,७ साउन । नेकपा एकीकृत समाजवादीका रामेछाप जिल्ला अध्यक्ष रमेश बस्नेत पुरानै घर एमालेमा फर्किएका छन् ।

नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवसका अवसरमा बस्नेत एमालेमा फर्किएका हुन् ।

उनलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले आज रामेछापको मन्थलिमा आयोजित कार्यक्रममा पार्टीमा स्वागत गरेका हुन् ।

बस्नेत मन्थली नगरपालिकाको पूर्व मेयरसमेत हुन् । स्थानिय तह निर्वाचन २०७४ मा नेकपा एमालेको तर्फबाट मन्थली नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

२०७८ सालमा एमाले विभाजन हुँदा माधवकुमार नेपाल नेतृत्वको नेकपा एसमा उभिएपछि पार्टीको जिल्ला अध्यक्ष बनेका उनी गत आम निर्वाचनमा गठवन्धनलाई चूनौती दिँदै प्रदेशसभाको उम्मेदवार बनेका थिए । तर निर्वाचनमा नराम्रररी पराजित भएपछि पार्टीमा असन्तुष्ट रहेका बस्नेत अन्तत एमालेमै फर्किएका छन् ।

यता दिनहुँजसो नेता कार्यकर्ताहरु एमालेमा फर्कन थालेपछि पार्टीका केन्द्रीय अध्यक्ष माधव नेपाललाई भने अर्को झट्का लागेको छ । गएको शुक्रबारमात्र तनहुँ जिल्ला अध्यक्ष श्रीराम कार्की नेकपा एस छोडेर एमाले प्रवेश गरेका थिए भने यसअघिनै दाङ,गुल्मी र जुम्ला जिल्ला कमिटी एमालेमा समाहित भईसकेका छन् । reportersnepal

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।