शेखरलाई वरिष्ठ नेता बनाउन मन्त्री लिम्बुको माग

७ साउन, काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले संस्थापनइतरका नेता डा. शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन सभपाति शेरबहादुर देउवासँग आग्रह गरेका छन् ।

पार्टीका मन्त्रीहरुले मन्त्रालयगत जानकारी दिनका लागि बैठकमा डाकिएका लिम्बुले विगतको अवस्था ख्याल गर्दै कोइरालालाई वरिष्ठ नेता बनाउन माग गरेका हुन् ।

मोरङका जिल्ला सभापति समेत रहेका लिम्बुले भने, ‘हिजो चुनाव तपाईले गिरीजाप्रसाद कोइरालासँग लड्नुभयो । वरिष्ठ नेता प्राप्त गर्नुभयो । अहिले डा. शेखर कोइरालाले किन प्राप्त नगर्ने ?’

यसअघि केन्द्रीय समिति बैठकमा नै केन्द्रीय सदस्य चन्द्रबहादुर केसीले गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउन माग गरेका थिए ।

पार्टी केन्द्रीय कार्यालयमा कोइरालाका लागि छुट्टै कार्यकक्ष बनेपनि उनलाई वरिष्ठ नेताको उपाधी दिइएको छैन । कांग्रेसको विधानमा वरिष्ठ नेताको व्यवस्था भने छैन । १४ औं महाधिवेशन अघि देउवासँग सभापतिमा पराजित रामचन्द्र पौडेल वरिष्ठ नेता थिए । onlinekhabar

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।