बालकृष्ण खाँणलाई राज्यले फसाएको हो : सहमहामन्त्री यादव

७ साउन, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पार्टीका नेता बालकृष्ण खाँणमाथि राज्यले ठूलो अन्याय गरेको बताएका छन् । आइतबार केन्द्रीय समिति बैठकमा बोल्दै उनले खाँणलाई राज्यले फसाएको बताए ।

‘हाम्रो आदरणीय नेता, नेपाली कांग्रेसका जुझारु नेता बालकृष्ण खाँणलाई राज्यले फसाएको छ, उहाँमाथि राज्यले ठूलो अन्याय गरेको छ । अहिलेसम्मको अनुसन्धानबाट न कुनै जाहेरी छ, न उहाँलाई कसैले पोलेको छ, न कुनै प्रमाण भेटिएको छ’ उनले भने, ‘तर थप मुद्दा राजद्रोह पनि लगाइएको छ । ठगी मुद्दामा राजद्रोह लगाउृने हो भने दिनमा १०÷२० वटा राजद्रोहको मुद्दा लाग्छ ।’

सहमहामन्त्री यादवले खाँणमाथि अभियोगमात्र लागेको तर प्रमाणित नभएकाले कसुरदारजस्तो व्यवहार गर्न नहुने बताए । खाँणले पार्टीका नेता कार्यकर्ताको धेरै संरक्षण गरेको भन्दै यादवले उनलाई दुख पर्दा सहयोग गर्नुपर्ने बताए ।

‘तपाईंले एक लाठी खाँदा उहाँले गएर छोप्नुहुन्थ्यो । उहाँले पनि धेरै दुख गरेर आउनुभएको छ, धेरै लााठी खाएर आउनुभएको छ । सक्नुहुुन्छ भने सहयोग गरौं, सक्नुहुन्न भने असहयोग नगरौं । उहाँ हाम्रो परिवारका साथी हो’ सहमहामन्त्री यादवले भने ।
उनले अदालतले खाँणलाई निर्दोष सावित गर्ने आशा पनि व्यक्त गरे । onlinekhabar

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।