पूर्व फुटबलर बार्ट विलियम्सको ४९ वर्षमा निधन

काठमाडौँ । इङ्लिस फुटबल क्लब सेफिल्ड वेड्नसडेका र नटिङ्घम फरेष्टका पूर्व खेलाडी क्रिस बार्ट विलियम्सको निधन भएको छ । बार्ट विलियम्सको ४९ वर्षको उमेरमा अमेरिकामा निधन भएको उनको पूर्व क्लब सेफिल्ड वेड्नसडेले जनाएको छ ।

पछिल्लो समय उनी अमेरिकामा प्रशिक्षकको भूमिकामा सक्रिय थिए । ‘क्लबका पूर्व खेलाडी क्रिस बार्ट विलियम्सको निधनबाट हामी स्तब्ध: भएका छौं,’ सेफिल्ड वेड्नसडेद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ ।

बार्ट विलियम्सले आफ्नो खेलजीवनको सुरुआत लेटन ओरियन्टबाट गरेका थिए । त्यसपछि सन् १९९१ मा उनी सेफिल्ड वेड्नसडेमा आबद्ध भएका थिए । सन् १९९५ सम्म उक्त क्लबमा रहँदा बार्ट विलियम्सले एक सय खेल खेलेका थिए ।

उनी सन् १९९५ मा नटिङ्घम फरेष्टमा आबद्ध भएका थिए । सन् २००२ सम्म उक्त क्लबमा रहँदा उनले दुई सयभन्दा बढी खेल खेलेका थिए । बार्ट विलियम्सको निधनको समाचार सार्वजनिक भएपछि विभिन्न क्लबका पदाधिकारी, खेलाडी, प्रशिक्षक र समर्थकहरूले उनीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनको निधनको कारण भने खुलाइएको छैन।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।