सबै ब्युटी पार्लर स्थायीरूपमा बन्द

अफगानिस्तान । तालिबान सरकारको चेतावनीपछि अफगानिस्तानका सबै ब्युटी पार्लरहरू स्थायीरूपमा बन्द भएका छन् । तालिबान सरकारले आज मङ्गलवारभित्र देशभरका ब्युटी पार्लर बन्द गर्न आदेश दिएको थियो ।

सन् २०२१ को अगस्ट महिनामा सत्ता कब्जा गरेको तालिबानले महिलालाई विद्यालय र विश्वविद्यालय जानबाट यसअघि नै रोक लगाइसकेको छ । यस्तै पार्क, जिमखाना र मनोरञ्जनका क्षेत्रमा पनि महिलालाई रोक लगाएको छ ।

ब्युटी पार्लरका कारण अनुत्पादक क्षेत्रमा पैसा खर्च भएको र कतिपय इस्लामिक कानुनको समेत उल्लङ्घन भएको भन्दै तालिबानले पार्लर बन्द गराएको समाचार संस्था एएफपीले जनाएको छ । अफगानिस्तानमा १२ हजार ब्युटी पार्लरमा ६० हजार जना महिलाले रोजगारी पाएको अनुमान छ । उनीहरूको आयआर्जनको एकमात्रै स्रोत ब्युटी पार्लर भएकाले बन्द भएपछि अब बेरोजगारी बढ्ने जोखिम छ ।

अफगानिस्तानमा ब्युटी पार्लर रोजगारीका लागि मात्र नभई सामाजिकीकरणको पनि एकमात्र विकल्प थियो । ब्युटी पार्लर बन्द गराउने आदेशको विरोधमा गएको हप्ता महिलाले प्रदर्शन गरेपछि सुरक्षाकर्मीले अश्रुग्यास र हवाई फायर गरेका थिए । तालिबानले सत्ता कब्जा गरेयता अफगानिस्तानमा हजारौँ महिलाले जागिर गुमाएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।