सारुकको निधनबारे मलिनाले लेखिन्–‘भगवान् पापीलाई आफ्नै तरिकाले ठिक पार्नुहोस्’

असारको २१ गते आफ्नै घरमा आत्महत्या गरेका नायक सारुक ताम्राकारको निधनको बारेमा केही दिन अगाडिसम्म सामाजिक संजाल तातिएको थियो । सारुकको आत्महत्याको बिषयमा विभिन्न खालका समाचारहरु सार्वजनिक भए । तर, अहिले न त यो बिषयमा फिल्मीकर्मीले नै बोलेका छन् न त सरोकारवालाहरुले नै ।

कलाकारहरु मौन बसेको अवस्थामा प्रहरीले पनि यो घटनालाई गम्भिर रुपमा छानबिन गरेको छैन । कतैबाट पनि किटानी जाहेरी नपरेपछि प्रहरीले यो घटनालाई गम्भिर रुपमा लिन नसकेको हो ।

तर, सारुकको नजिककी साथी मलिना जोशीले भने बारम्बार आवाज उठाइरहेकी छिन् । प्रहरीमा कतैबाट पनि किटानी जाहेरी नपरेपछि मलिनाले सामाजिक संजालमार्फत आफ्नै तरिकाले पापीलाई ठिक पार्न भगवान्सँग प्रार्थना गरेकी छिन् ।

उनले लेखेकी छिन्–‘उ भित्रबाट कति सुन्दर थियो भन्नका लागि मसँग कुनै शब्द छैन । उसले जसलाई पनि भेटेको थियो, ती व्यक्तिहरुसँग उसका लागि भन्नका लागि केवल राम्रा कुराहरु मात्र छन् । उ त गैहाल्यो, तर कृपया भगवान् पापीलाई आफ्नै तरिकाले ठिक पार्नुहोस् । उसलाई त्यो स्वर्ग प्रदान गर्नुहोस्, जसका लागि उ हकदार छ । माता पिताको अत्याधि पीडाको चित्कारबाट उ अझै पनि बाहिर निस्कन सकेको छैन ।’

मलिनाले सारुकका पिता सानु ताम्राकारले कसैलाई पनि रुन नदिन सान्त्वना दिने कोशिश गरिरहेको समेत लेखेकी छिन् । उनले, सारुक एक अद्भुत माता पिताको हेरचाहामा राम्रोसँग हुर्किएको छोरा रहेको समेत बताएकी छिन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।