ओबामाका निजी शेफको मृत्यु

न्युर्योक । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाका निजी शेफको घर नजिकै मृत्यु भएको छ । ४५ वर्षीय टाफारी क्याम्पबेल अर्थात ओबामाको व्यक्तिगत शेफको शवलाई म्यासाचुसेट्स राज्य पुलिसले भ्याकेसन टापुको दक्षिणी किनारमा ओबामाको घर नजिकैको एडगर टाउन ग्रेट पोन्डबाट फेला पारेको थियो।

प्रहरीलाई क्याम्पबेलका प्याडल बोर्डर साथीहरू मध्ये एकले उनी पानीमा गएको र फर्केर नआएको जानकारी दिएका थिए । त्यसलगत्तै आकस्मिक टोलीले साँझसम्म उनको खोजी गरिरहे पनि भेटाउन सकेन । पछि उनको शव सोनारको प्रयोग गरेर निकालिएको थियो ।स्थानीय प्रहरीले टाफारी क्याम्पबेलको मृत्युबारे अनुसन्धान गरिरहेको छ । तर, अहिलेसम्म ठोस कारण भने खुलेको छैन ।

क्याम्पबेल उनकी श्रीमती र जुम्ल्याहा बच्चाहरु सँग रहँदै आएका थिए । जब बराक ओबामा सन् २००८ देखि २०१६ सम्म अमेरिकाको राष्ट्रपति थिए । त्यो समयमा टफारी क्याम्पबेलले उनीसँग काम सुरु गरेका थिए ।

सन् २०१६ पछि पनि उनी ओबामा परिवारसँग व्यक्तिगत रुपमा काम सुरू गरेका थिए । क्याम्पबेलले ओबामाको राष्ट्रपतिकालमा व्हाइट हाउसमा सहायक शेफको रूपमा काम गरेका थिए ।

जब ओबामाको कार्याकाल सकियो, तब उनले केहीलाइ आफ्नो घरमा कर्मचारीको रूपमा राख्न थाले, क्याम्पबेल पनि सोही क्रममा उनको घरको कर्मचारीको हिस्सा बन्न पुगेका थिए ।

तर, सो घटना हुँदा ओबामा र उनकी पत्नी पूर्व प्रथम महिला मिशेल ओबामा भने घरमा उपस्थित थिएनन्।

उनको निधन पछि ओबामाले भनेका छन, ‘त्यसबेला देखि नै उनी हाम्रो जीवनको महत्वपूर्ण हिस्सा बनेका छन्, आज उहाँको बिदाइको खबरले हामीलाई मर्माहत बनाएको छ । उनलाई चिन्ने र माया गर्ने सबैसँग हाम्रो समवेदना छ, विशेष गरी उनकी श्रीमती, शेरिस, र तिनीहरूका जुम्ल्याहा बच्चाहरू जेभियर र सेविन। यस्तो प्रफुल्लित व्यक्तिको प्रस्थान अपूरणीय क्षति हो ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖