अब टिकटकमा टेक्स्ट पनि पोस्ट गर्न मिल्ने

एजेन्सी — माइक्रोब्लगिङ अर्थात भिडियो वा तस्बिरबिना शब्द वा वाक्य मात्रै पनि पोस्ट गर्न मिल्ने उत्तम विकल्प कुन हो भन्नेमा परम्परागत ट्विटर र नयाँ थ्रेड्सबीच प्रतिस्पर्धा चलिरहँदा अर्को चर्चित सामाजिक सञ्जाल टिकटकले पनि माइक्रोब्लगिङ सुविधा थपेको छ ।

आफ्नो भिडियो स्ट्रिमिङ सुविधाका लागि चर्चित टिकटकले पछिल्लो अपडेटअनुसार प्रयोगकर्तालाई तस्बिर, शब्दहरू वा भिडियो पोस्टमध्ये के पोस्ट गर्ने भनेर छान्नमिल्ने सुविधा दिनेछ ।

जुलाई महिनाकै सुरुवातमा चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वको कम्पनीले केही देशमा स्पटिफाइ र एप्पल म्युजिकको प्रतिस्पर्धी प्लाटफर्म टिकटक म्युजिक पनि सार्वजनिक गरेको थियो । अहिले एक्स बन्ने क्रममा रहेको ट्विटरमा विश्वकै धनाढ्य मालिक इलन मस्कले एकपछि अर्को परिवर्तन गर्न थालेपछि सामाजिक सञ्जाल क्षेत्रका विभिन्न ठूला कम्पनीहरू ट्विटरका परम्परागत प्रयोगकर्तालाई आफूतर्फ तान्ने प्रयासमा जुटेका छन् । मस्कले दैनिक पढ्न मिल्ने ट्विटको कोटा तोकेकै साता मेटाले प्रतिस्पर्धी थ्रेड्स् एप सार्वजनिक मात्रै गरेन, केही दिनमै दस करोड प्रयोगकर्तासमेत जुटायो ।

सोमबार मस्कले ट्विटरको नयाँ लोगो र पुनर्संरचनाको घोषणा गरेसँगै टिकटक पनि एक विज्ञप्तिमार्फत् माइक्रोब्लगिङका प्रयोगकर्ता आकर्षित गर्ने दौडमा सामेल भएको हो । कतिपय ठूला देशमा प्रतिबन्ध र कानुनी समस्याको सामना गरिरहे पनि टिकटकका एक अर्बभन्दा बढी प्रयोगकर्ता छन् । तीमध्ये औसत ६० करोडले यसलाई दैनिक प्रयोग गर्ने पछिल्ला आँकडाले देखाएका छन् ।

‘शब्दहरू मात्रै पोस्ट गर्न मिल्ने पछिल्लो सुविधामार्फत हामी टिकटकमा भएका सबैलाई आफ्नो कन्टेन्ट सिर्जना गर्ने विकल्पलाई अझै फराकिलो बनाउन चाहन्छौं,’ कम्पनीले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘अब प्रयोगकर्ताहरूले आफ्ना कथा, कविता, खानेकुराको रेसिपीलगायत अन्य कुराहरू लेखेर मात्रै पनि सबैसँग बाँड्न सक्नुहुनेछ ।’ यी पोस्टहरू पृष्‍ठभूमिको रङ, ध्वनि, स्टिकरलगायत प्रयोग गरेर आकर्षक बनाउन मिल्ने पनि कम्पनीको दाबी छ । ‘हामीले थपेका पछिल्ला विकल्पले शब्द वा वाक्यलाई पनि भिडियो जस्तै गतिशील बनाउन मिल्नेगरी सुविधा उपलब्ध छ,’ टिकटकले भनेको छ ।

अमेरिका, क्यानडा, अस्ट्रेलियाजस्ता देशमा विभिन्न अड्चनको सामना गर्नुपरे पनि टिकटक अत्यन्तै लोकप्रिय रहेको छ । पछिल्लो आँकडाअनुसार अमेरिकामा मात्रै सो भिडियो स्ट्रिमिङ एपका १० करोडमाथि, क्यानडामा क्यानडामा ३ करोड र अस्ट्रेलियामा अढाइ करोड प्रयोगकर्ता छन् । आईटी सुरक्षा कम्पनी क्लाउडफेयरको एक सर्भेअनुसार सन् २०२१ मा टिकटकले प्रख्यात सर्च इन्जिन गुगलको भन्दा बढी भिजिटर पाउन सफल भएको थियो ।

सन् २०१८ मा म्युजिकली नामक अर्को कम्पनी खरिद गरेपछि चर्चामा आउन सुरू गरेको टिकटक आफ्नो ख्यातिसँगै गोपनीयता र सुरक्षासम्बन्धी कतिपय प्रावधानका कारण विवादित पनि बन्दै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।