महिला विश्वकप फुटबलमा जापान विजयी

काठमाडौं । अष्ट्रेलिया र न्यूजिल्याण्डमा जारी फिफा महिला विश्वकप २०२३ मा एशियाली राष्ट्र जापान प्रि–क्वार्टरफाइनलनजिक पुगेको छ । समूह ‘सी’ मा रहेको जापानले लगातार दोस्रो जित हात पार्दै अन्तिम १६ को सम्भावना बलियो बनाएको हो । न्यूजिल्यान्डको डुनेडिन स्टेडियममा बुधबार भएको खेलमा कोस्टारिकालाई २–० ले पराजित गर्दै जापानले दोस्रो जित हात पारेको हो ।

यसअघि जापानले पहिलो खेलमा जाम्बियालाई ५–० ले पराजित गरेको थियो । बुधबारको खेलमा जापानलाई जित दिलाउन हिकारु नाओमोटो र आओबा फुजिनोले एक–एक गोल गरे । हिकारुले २५ औँ मिनेटमा गोल गर्दै जापानलाई अग्रता दिलाउँदा आओबाले २७ औँ मिनेटमा टिमका लागि दोस्रो गोल गर्दै जित सुनिश्चित गरिन् । यससँगै जापानले २ खेलबाट ६ अंक जोडेको छ । यसै समूहमा रहेको स्पेनको ३ अंक छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।