सेनाद्वारा ‘कू’ को घोषणा

नाइजर । दक्षिण अफ्रिकी मुलुक नाइजरको सेनाले राष्ट्रिय टेलिभिजनबाट ‘कू’को घोषणा गरेका छन् । टेलिभिजनमा सम्बोधन गर्दै उनीहरूले संविधान विघटन गर्नुका साथै सबै संस्थाहरू निलम्बन गरेको र देशको सीमा बन्द गरेको घोषणा गरेका हुन् ।

राष्ट्रपति मोहमद बाजुमलाई बुधबारदेखि सेनाले आफ्नो नियन्त्रणमा राखेको छ । यसअघि अमेरिकी सेक्रेटरी अफ स्टेट एन्टोनी ब्लीकेनले टेलिफोन गर्दै बाजुमलाई वासिङ्टनको पूर्ण समर्थन रहेको बताएका थिए । त्यस्तै, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि राष्ट्रपतिसँग कुराकानी गर्दै पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

दक्षिण अफ्रिकामा इस्लाम चरमपन्थीविरुद्धको लडाइँमा बाजुम पश्चिमा राष्ट्रको मुख्य सहयोगी रहँदै आएका थिए । नाइजरको दुई छिमेकी राष्ट्र माली र बुर्किना फसोमा चरमपन्थीको बढ्दो प्रभावका कारण पछिल्ला वर्षमा ‘कू’ को सामना गरिरहेको छ ।

बुधबार गरिएको सम्बोधनमा कर्णेल मेजर अमाडु अब्ड्रामाने अन्य नौ जना सैनिकहरूसँग उपस्थित भएका थिए । उनले सम्बोधनमा भने, ‘हामी, रक्षा र सुरक्षा बलहरू, ले यो शासनलाई अन्त्य गर्ने निर्णय लिएका छौँ । देशको सुरक्षाको स्थिति निरन्तर बिग्रेको तथा आर्थिक र सामाजिक अवस्था खस्किएको कारण यो निर्णय लिइएको हो ।’ –बीबीसी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।