विश्वकप छनोटमा नेपालले लाओससँग खेल्ने

काठमाडौँ, ११ साउन । फिफा विश्वकप फुटबल र एएफसी एसियन कप २०२७ को एसिया छनोटको प्रारम्भिक चरणमा नेपालले लाओसको सामना गर्नेभएको छ । मलेसियाको क्वालालम्पुरस्थित एसियाली फुटबल महासङ्घ (एएफसी) को मुख्यालयमा आज सार्वजनिक भएको खेल तालिका अनुसार नेपालले दोस्रो चरणमा प्रवेश गर्न लाओसको सामना गर्ने पक्का भएको हो । नेपालले लाओससँग होम एन्ड अवे गरी दुई खेल खेल्नेछ ।

आगामी अक्टोबरमा हुने दुई लेगको छनोटको पहिलो लेग अक्टोबर १२ तारिखमा हुनेछ भने दोस्रो लेग अक्टोबर १७ तारिखमा हुनेछ । यस खेलमा नेपालले विजयी हासिल गरेमा दोस्रो चरणमा प्रवेश गर्नेछ । फिफा विश्वकप छनोटमा विभिन्न ४८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै एसियन कप छनोटमा भने २४ राष्ट्रबीच प्रतिस्पर्धा हुनेछ । विश्वकप फुटबल र एएफपी एसियन कप छनोटको पहिलो चरणमा विभिन्न २० राष्ट्रले खेल्नेछन् ।
यसमा नेपाल र लाओसँगै अफगानिस्तान र मङ्गोलिया, माल्दिभ्स र बङ्गलादेश, सिङ्गापुर र गुआम, यमन र श्रीलङ्का, म्यानमार र मकाउ, कम्बोडिया र पाकिस्तान, चाइनिज ताइपेइ र इस्ट टिमोर, इन्डोनेसिया र बु्रनाई तथा हङकङ र भुटानबीच प्रारम्भिक चरणमा प्रतिस्पर्धा हुनेछ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।