एसियन गेम्सको महिला फुटबलमा नेपाल र जापान एउटै समूहमा

११ साउन, काठमाडौं । चीनको हान्झाउमा हुने १९औं एसियन गेम्स अन्तर्गत महिला फुटबलमा नेपाल कठिन समूहमा परेको छ । बिहीबार भएको ड्र अनुसार नेपालले समूह चरणमा विश्व विजेता बनिसकेको जापानसँग खेल्नुपर्नेछ ।

नेपाल रहेको समूह डी मा जापानसिँगै भियतनाम र बंगलादेश छन् । नेपालले पछिल्लो पटक भियतनाम र बंगलादेशसँग खेलेको थियो । केही दिनअघि ढाकामा भएको बंगलादेशसँगको दुई मैत्रीपूर्ण सिरिज नेपालले जितेको थियो ।

पेरिस ओलम्पिक अन्तर्गत महिला फुटबल एसियन छनोट पहिलो चरणमा नेपालले भियतनामसँग दशरथ रंगशालमा दुई खेल खेलेको थियो । जसमा नेपाल भियतनामसँग ५-० र २-० ले पराजित भएको थियो ।

एसियन गेम्स महिला फुटबलमा कूल १९ राष्ट्रले सहभागिता जनाएका छन् । ड्र अनुसार तीन समूहमा तीन-तीन टिम र दुई समूहमा चार-चार टिम छन् । पाँच वटै टिमको बिजेता र उत्कृष्ट तीन उपबिजेता टिम क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।

नेपाली महिला फुटबल टिमले पहिलो पटक एसियन गेम्स खेल्न लागेको हो । त्यसका लागि महिला टोली अहिले प्रशिक्षण गरिरहेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।