एनपी साउदको निर्वाचन खर्च २१ लाख ५९ हजार

परराष्ट्रमन्त्री एवं कांग्रेस नेता एनपी साउदले गत निर्वाचनमा २१ लाख ५९ हजार चार सय २८ रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक छन् । यसअघि आयोगमा खर्चको विवरण बुझाइसकेको भन्दै उनले सामाजिक सञ्जालमार्फत् खर्च विवरण सार्वजनिक गरेका हुन् ।

साउदले इन्धनमा सबैभन्दा बढी ६ लाख ७८ हजार २८ रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेका छन् ।

‘मैले निर्वाचन आयोगमा मिति २०७९/०८/२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको थिएँ। बुझाएको विवरण सार्वजनिक गरेर आयोगलाई समेत त्यससम्बन्धी जानकारी गराउनु पर्ने रहेछ’ साउदले भनेका छन्, ‘यस अघि निर्वाचन कार्यालय कञ्चनपुरमा बुझाइसकेको निर्वाचन खर्च विवरण सामाजिक सञ्जाल, कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने कृष्णपुर नगरपालिका कार्यालयको सूचना पाटी, जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरको सूचना पाटीसँगै सामाजिक सञ्जालमार्फत पुनः सार्वजनिक गरेको छु।’

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।