तीन दिनभित्र राप्रपा केन्द्रीय कार्यालय खाली गर्न काठमाडौं महानगरको निर्देशन
काठमाडौं महागरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालय तीन दिनभित्र खाली गर्न निर्देशन दिएको छ ।
महानगर प्रहरीले कार्यालय भवन अवैध भएको भन्दै आगामी सोमवारसम्म भवन खाली गर्न निर्देशन दिएको हो ।
भवनको नक्सा पास छैन भने भवनमाथि हाइभोल्टेज प्रशारण लाइन समेत छ ।
उक्त भवन तत्कालीन अध्यक्ष कमल थापाका पालामा बनेको थियो ।


