प्रधानमन्त्री प्रचण्ड – बंगलादेश नेपालको विद्युत खरिद गर्न इच्छुक छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बङ्गलादेश सरकार नेपालमा उत्पादित जलविद्युत खरिद गर्न इच्छुक रहेको बताएका छन् ।

इटाली भ्रमणबाट स्वदेश फर्केपछि विमानस्थलको अति विशिष्ट कक्षमा आज आयोजित पत्रकार सम्मेलनमा उनले भ्रमणको क्रममा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनासँग द्विपक्षीय भेटघाट भएको बताए ।

भेटमा नेपाल र बङ्गलादेशबीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी र क्षेत्रीय सहयोग, अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र बङ्गलादेशबीचको सहकार्यलगायत विषयमा सौहार्दपूर्ण छलफल भएको उनले जानकारी दिए ।

प्रधानमन्त्रीले भने, ‘बङ्गलादेश सरकार नेपालमा उत्पादित जलविद्युत् खरिद गर्न इच्छुक छ । आर्थिक अन्तरनिर्भरताको यो अत्यन्त महत्वपूर्ण आयाम अब कार्यान्वयनको चरणमा रहेको छ । त्यसलाई यथाशीघ्र औपचारिकता दिई जलविद्युत निर्यातको ढोका खोल्ने हाम्रो प्रयासले सार्थकता पाउँदैछ । बङ्गलादेशका प्रधानमन्त्रीसँग यस विषयमा अत्यन्त महत्वपूर्ण कुराकानी भएको छ ।’

प्रधानमन्त्रीको हालै सम्पन्न भारत भ्रमणका क्रममा नेपालले भारतीय भूमि भएर नेपालको जलविद्युत बङ्गलादेशमा निर्यात गर्ने सहमति भएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।