महिला विश्वकप : इङ्ल्यान्डको लगातार दोस्रो जित

काठमाडौँ । महिला विश्वकप फुटबलको शुक्रबार भएको खेलमा इङ्ल्यान्डले जित हासिल गरेको छ । समूह ‘डी’ अन्तर्गतको सिड्नीमा खेलिएको खेलमा इङ्ल्यान्डले डेनमार्कमाथि १—० गोलको प्रतिस्पर्धात्मक जित हासिल गर्‍यो ।

खेलको प्रारम्भमै गरेको गोल नै इङ्ल्यान्डको जितका लागि पर्याप्त भयो । खेल सुरु भएको छैटौं मिनेटमा इङ्ल्यान्डका लागि लाउरेन जेम्सले निर्णायक गोल गरेकी हुन् । त्यसपछि दुबैतर्फबाट थप गोल हुन सकेन ।

इङ्ल्यान्ड लगातार दोस्रो जितसँगै ६ अंक बटुलेर तालिकाको पहिलो स्थानमा छ । समान दुई खेल खेलेको डेनमार्क तीन अंकसहित तालिकाको दोस्रो स्थानमा छ । इङ्ल्यान्डले आफ्नो पहिलो खेलमा हाइटीलाई १—० गोलले हराएको थियो ।

डेनमार्कले भने आफ्नो पहिलो खेलमा चीनलाई १—० गोलले हराएको थियो । एक—एक खेल खेलेका चीन र हाइटीले भने हालसम्म खाता खोल्न सकेका छैनन् । समूहगत चरणको अन्तिम खेलमा अगस्त १ तारिखमा इङ्ल्यान्डले चीनको र डेनमार्कले हाइटीको सामना गर्नेछन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।