बालेनको नजर स्काई वाक टावरको ब्रह्मलूटमाथि

काठमाडौं – काठमाडौँको कमलादीमा निर्माण भएको स्काई वाक टावरमाथि काठमाडौँ महानगरपालिकाले छानबिन सुरु गरेको छ ।

७८.५ मिटर अग्लो स्काई वाक टावरबारे मेयर बालेन्द्र साह बालेनले प्राविधिकदेखि सबै पक्षको अध्ययन सुरु गर्न निर्देशन दिएका छन् ।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार टावर निर्माण तथा सञ्चालनमा महानगरमा पूरा गर्नुपर्ने कानूनी प्रक्रिया पूरा भए नभएको, पार्किङ क्षेत्र र त्यसको शुल्क तथा गुणस्तरको समेत अनुसन्धान थालिएको छ ।

टावर चढ्ने ग्राहकबाट प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क लिने गरिएकोमा समेत महँगो भएको भन्दै सर्वसाधारणबाट आलोचना भइरहेको छ । महानगरले यस सम्बन्धमा पनि अध्ययन सुरू गरेको छ ।

स्काई वाक टावर वन्डर्स ग्रुप प्रालिले सञ्चालनमा ल्याएको हो । यो टावर दक्षिण एसियाकै अग्लो स्काई वाक टावर रहेको दाबी गरिएकोमा महानगरले दक्षिण एसियाकै अग्लो भनिएको टावरमा प्रयोग भएका सामान तथा यन्त्र उपकरणहरु सोही स्तरको गुणस्तरीय भए नभएको प्रमाण खोजिएको जनाइएको छ ।

महानगरले टावर सञ्चालक कम्पनीसँग विवरण माग गर्न लागेको छ । यो टावर सहितको परियोजना १३ रोपनी क्षेत्रफलमा फैलिएको छ । परियोजनाको लागत करिब दुई अर्ब रूपैयाँ रहेको बताइएको छ ।

काठमाडौंका सुन्धारा क्षेत्रमा सरकारले बनाइरहेको धरहरा अहिलेसम्म पूरा भएको छैन । जबकि धरहरा चाँडै निर्माण भए ५० देखि एक सय रुपैयाँमा सर्वसाधारणले काठमाडौंको अवलोकन गर्न पाउने थिए ।

तर निजी क्षेत्रले तुरुन्तै स्काई वाक टावर बनाएर प्रवेश शुल्क नै एक हजार रुपैयाँ लिएर ब्रह्मलूट मच्चाइरहेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।