यो साता घट्यो सुनको मूल्य

काठमाडौँ । यो साता नेपाली बजारमा सुन र चाँदीकै मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत साताको शुक्रबारको तुलनामा यो साता शुक्रबारसम्ममा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो ।

गत साता शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ८०० रुपैयाँ थियो । यस्तै, उक्त मितिमा तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार २५० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ५० रुपैयाँ कायम छ ।

यो साताको बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख १३ हजार ५०० रुपैयाँसम्म पुगेको थियो । यसबाहेक, हिजो शुक्रबार ९०० रुपैयाँले घटेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ६०० रुपैयाँ कायम भएको हो ।

यस्तै, यो साता चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय ८० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबारसम्ममा घटेर १४ सय ५० रुपैयाँ कायम भएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।