देशभरका स्पाइन सर्जनहरु काठमाडौँमा

काठमाडौँ । ढाडको बाँगोपनाको उपचार गरिरहेका स्पाइन सर्जनहरु काठमाडौंमा भेला भएका छन् । ढाडको बाँगोपनाको उपचार पद्धति, नविनतम प्रविधि, आगामी रणनीतिबारे छलफल गर्न चिकित्सकहरु काठमाडौँमा भेला भएका हुन् ।

एशोसिएशन अफ स्पाइन सर्जन अफ नेपालले गरेको कार्यशालामा देशभरबाट ८० बढी चिकित्सकहरु भेला भएका हुन् । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर समेत रहेका एशोसिएशन अफ स्पाइन सर्जन अफ नेपालका अध्यक्ष डा.विनोद बिजुक्छेले नेपालमा ढाडको बाँगोपना उपचार सेवा उत्कृष्ट भएको जानकारी दिने उद्देश्यले कार्यशाला आयोजना गरिएको बताए ।

ढाड बाँगिने समस्या १६ वर्ष मुनिका बच्चाहरुमा देखिने विभिन्न अध्ययनहरुले देखाएको छ । कुल जनसंख्याको ०.५ प्रतिशतमा अलिकति ढाड बाँगिन्छ । तर, बाँगिने पनि २० डिग्री भन्दा माथिको ढाड बाँगिएको छ भने त्यसले समस्या दिने चिकित्सकहरुले बताउँदै आएका छन् ।

ढाड बाँगिने समस्या छोराहरु भन्दा छोरीहरुलाई बढी देखिने पनि अध्ययनहरुले देखाएको डा.बिजुक्छेले बताए । धेरैजसो १० वर्षको उमेर गइसकेपछि बालिकाहरुलाई देखिने गरेको छ । ढाडको बाँगोपनाको समस्या सात महिला बराबर एक पुरुषमा देखिन्छ । उनले अस्पतालहरुबाट ढाडको बाँगोपनाको उपचार नेपालमा सर्वसुलभ रुपमा रहेको र सफल उपचार हुँदै आएको बताए । बिजुक्छेले कार्यशालामा अब आउने पुस्तालाई ढाडको बाँगोपना उपचार कसरी गर्ने ? उपचार पद्धति केके छन् भन्ने विषयमा छलफल भएको बताए ।

नेपाल स्वास्थ्य अनुसन्धान परीषद्का उपाध्यक्ष समेत रहेका हाडजोर्नी तथा मेरुदण्ड रोग विशेषज्ञ डा.गौरवराज ढकालले ढाडको ढाड बाँगिने रोग धेरैजसो बालिकाहरुमा देखिने गरेको बताए । उनले धेरैजसो १६ वर्षमुनिका बालिकामा ढाड बाँगिने रोग देखिने भन्दै रोकथामका लागि उपचारको उपाय अपानाइ शतर्क गराउँदै आएको बताए ।

‘ढाड बाँगिने रोग धेरैजसो १६ वर्ष मुनिका बच्चाहरुमा देखिने रोग हो । नर्मल पपुलेसनको ०.५ प्रतिशतमा अलिकति ढाड बाँगिन्छ । तर, बाँगिने पनि २० डिग्री भन्दा माथिको ढाड बाँगिएको छ भने त्यसले प्रोबलम दिनसक्छ भन्ने बुझ्नुपर्छ’ उनले भने, ‘त्यसैकारण जनचेतना पनि फैलाउँदै आएका छौं । विद्यालय सचेतना कार्यक्रम पनि गरिरहेका छौं । अहिले हामीले जुनीयर चिकित्सकदेखि सिनियर चिकित्सकसम्म एकेडेमिक एक्टीभिटीज गरिरहेका छौं । नेपालमा बच्चा जन्मिसकेपछि आमाहरुले ढाडमा मालिस गरिदिने तेल लगाउने बानी हुन्छ । तेल लगाउँदाखेरी घोप्टो पारेर बच्चालाई तेल लगाइन्छ । त्यतिखेर ढाडमा आफ्नो औंलाले टाउकोदेखि तलसम्म ढाड कतै बाँगो छ की सिधा छ भनेर विचार गर्ने गर्नुपर्छ ।’

ढाडको बाँगोपनाको उपचार समयमा गरिएन भने फोक्सो र मुटुमा समस्या आउन सक्ने चिकित्सकहरु बताउँछन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।