इटालीमाथि स्वीडेनको सानदार जित

वेलिङ्टन – इटालीमाथि सानदार जित निकाल्दै स्वीडेन एक खेल बाँकी छँदै फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ ।

स्वीडेनले इटालीमाथि ५–० को सानदार जित निकाल्दै एक खेल बाँकी छँदै अन्तिम १६ मा पुग्न सफल भएको हो । यससँगै स्वीडेन नकआउट चरणमा पुग्ने तेस्रो टोली बनेको छ । यसअघि स्पेन र जापान नकआउट चरणमा पुगिसकेको छ ।

वेलिङ्टन रिजनल स्टेडियम न्युजिल्यान्डमा शनिबार भएको खेलमा स्वीडेनको सानदार जितमा अमेन्डा आइलेस्टेडले दुई तथा फ्रिडोलिना रोल्फो, स्टिना ब्ल्याकस्टेनिअस र रेविका ब्लोमभिस्टले समान एक गोल गरिन् । स्वीडेनले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल थपेको थियो ।

गोलको वर्षा भएको खेलमा स्वीडेनले पहिलो हाफको अन्त्यतिर ८ मिनेटको अन्तरमा तीन गोल थप्दै आरामदायी अग्रता लिन सफल भएको थियो । ३९औं मिनेटमा एमान्डाले गोल गर्दै स्वीडेनलाई १–० को अग्रता दिलाइन् । उनले जोना एन्डरसनको पासमा गोल गर्न सफल भइन् ।

४४औं मिनेटमा फ्रिडोलिना रोल्फोले गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारिन् । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा स्टिनाले गोल थपेपछि स्वीडेन ३–० को बलियो स्थितिमा पुग्यो ।

५०औं मिनेटमा एमान्डाले जोनाकै पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि स्वीडेन सहज जिततर्फ अग्रसर बन्यो ।

चार गोलले पछि परेको इटालीले बल पोसेसन राख्दै स्वीडेनलाई दवाव बढाएपनि खेलको अन्त्यतिर अर्काे गोल खाँदै फराकिलो हार बेहोर्न पुग्यो । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा रेविका ब्लोमभिस्टले गोल गर्दै स्वीडेनलाई सानदार जित दिलाइन् ।

यस जितसँगै नकआउट चरणमा पुगेको स्वीडेनको समूह ‘जी’ मा दुई खेलबाट ६ अंक पुगेको छ । समान खेलबाटै इटाली ३ अंक जोडेर दोस्रो स्थानमा छ । अर्जेन्टिना र दक्षिण अफ्रिकाको समान १ अंक छ ।

अब समूह चरणको अन्तिम खेलमा स्वीडेनले अर्जेन्टिनासँग तथा इटालीले दक्षिण अफ्रिकासँग खेल्नेछ । स्वीडेनलाई हार र बराबरीले कुनै फरक पर्नेछैन । इटालीलाई नकआउट चरण पुग्न दक्षिण अफ्रिकासँग बराबरी या अर्काे खेलमा अर्जेन्टिना रोकिनुपर्ने हुन्छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।