अध्यक्ष ओली – देशमा एमालेबाहेक अर्को दलको विकल्प छैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा एमालेबाहेक अर्को कुनै विकल्प नरहेको बताएका छन् ।

शनिवार नेपालगन्जमा लुम्बिनी प्रदेशका निर्वाचित जनप्रतिनिधिहरूको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुक बनाउने भिजन एमालेसँगमात्रै रहेको भन्दै मुलुकमा अर्को कुनै विकल्प नरहेको बताए । ओलीले एमाले बाहेक देशलाई हेर्न र फेर्न सक्ने दृष्टिकोण अरू कुनै पार्टीसँग नरहेको धारण राखे ।

एमाले मिसन ८४ मा केन्द्रित रहेको भन्दै ओलीले यसलाई सफल बनाउँदै पार्टी बहुमत आउने गरी तयारी गर्न निर्देशन दिए । उनले आगामी निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याए पनि एमालेको नीतिहरूसँग सहमत हुने, विकासको अभियानलाई अघि बढाउन चाहने राजनीतिक शक्ति र व्यक्तिहरूलाई सँगै लिएर अघि बढ्ने जिकिर गरे ।

ओलीले अहिले पनि एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने काम भएकाले सक्रिय र सतर्कतासाथ योजनबद्ध ढंगले लाग्न कार्यकर्तालाई निर्देशन दिए ।nepalpress

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।