अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ, १३ साउन । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विभिन्न तीन मुलुकको भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता हुनुभएको छ ।

त्रिदेशीय भ्रमणका क्रममा उहाँ गत आइतबार इन्डोनेसिया प्रस्थान गर्नुभएको थियो । अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीको बैठकमा सहभागी हुन इन्डोनेसिया पुग्नुभएका अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीहरुको अन्तर्राष्ट्रिय बैठकमा विश्व परिवेशमा कम्युनिस्ट सिद्धान्तको अवस्था, देश विकासमा त्यसको प्रभाव र योगदानबारे विचार व्यक्त गर्नुभएको थियो ।

बैठकमा सहभागी भएर अध्यक्ष नेपाल मलेसिया र सिङ्गापुरको भ्रमणमा हुनुहुन्थ्यो । करिब एक साताको भ्रमणमा उहाँले तीनवटै मुलुकका शीर्षनेतासँग शिष्टाचार भेट तथा दुई देशीय हितका बारेमा छलफल गर्नुभएको पार्टी पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिनुभयो ।

पार्टीका नेता तथा कार्यकर्ताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष नेपाललाई स्वागत गर्नुभएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।