रिमालले दिए विश्वप्रकाशलाई नुन खाएको कुखुराको संज्ञा

काठमाडौं,१४ साउन । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मालाई नुन खाएको कुखुराको संज्ञा दिएका छन् ।

शनिवार महामन्त्री शर्माले आफ्नो पार्टीका युवा नेताहरूविरुद्ध कडा टिप्पणी गरेपछि उपमहासचिव रिमालले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माप्रति आक्रोश पोखेका हुन् ।शनिबार कांग्रेस महामन्त्री शर्माले कांग्रेस काठमाडौं क्षेत्र नम्बर ९ (क) प्रदेश कार्य समितिले आयोजना गरेको कार्यक्रममा ‘एमाले युवा नेताहरूको अवस्था कुनामा बसेर दुनामा खाने’ भएको टिप्पणी गरेका थिए।

शर्माको उक्त अभिव्यक्तिप्रति आक्रोशित रिमालले सामाजिक सञ्जालमार्फत शर्मालाई नुन खाएको कुखुराको संज्ञा दिएका छन् । उनले एमालेको चिन्ता आफूहरूलाई छाड्न आग्रह गर्दै आफ्नै पार्टी कांग्रेसलाई चाहिँ आफ्नै खुट्टामा उभिने बनाउन सुझाव दिएका छन् ।

रिमालले लेखेका छन् ‘प्रिय विश्व जी,यो अखवारको हेडिङमा लेखिएकै जस्तो बोल्नु भएको भए ओहोदा अनुरुपको प्रतिक्रिया अलि भएन कि ? एमालेका ठिटाहरु कुनामा बसुन कि छेउमा दुनामा खाउन कि पातमा, किन फिक्री गर्नुहुन्छ ! काङ्ग्रेसलाई आफ्नै खुट्टामा उभिएर चुनाव लड्न सक्ने गरि तगडा बनाउनुस न भै गयो नि । एमाले कस्तो बनाउने हाम्रै जिम्मामा रहन दिनुस । काङ्ग्रेसका माहामन्त्री नुन खाएको कुखुरा जस्तो भन्ने इमेज हटाउनुस । एमालेले आफ्ना युवाहरूको पर्फर्मेन्स परिक्षण गर्न यहाँलाई जाँचकी राखेको पनि छैन । एमाले जस्तो बन्ला, कृपया प्रतिस्पर्धाको लागि अलि बढी मिहेनत गर्नुहोला!

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖