रवीन्द्र मिश्रको पारश पुत्रलाई राजा बन्ने शक्ति मिलोस भन्ने शुभकामना

काठमाडौं, १४ साउन । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्व युवराज पारश शाहका पुत्र हृदयेन्द्र शाहलाई जन्मदिनको शुभकामना दिँदै भविष्यमा राजगद्दीको भार बोक्न बहूसंख्यक नेपाली जनता र ईश्वरले विवेक र शक्ति प्रदान गरून् भनेका छन् ।

हृदयेन्द्रको जन्मदिनको अवसरमा शुभकामना दिँदै मिश्रले यस्तो शुभकामना दिएका हुन् । मिश्रले देशको लागि आ–आफ्ना विचारलाई थाँति राख्दै एउटा ‘नवीन समझदारी’मा पुगेर राजसंस्था पुनर्स्थापना गर्न अब धेरै समय लगाउन नहुने धारणा राखेका छन् ।

उनले फेशबुकमा लेखेका छन्-
बाइसौँ जन्मदिनको मंगलमय शुभकामना!
– मानसिक, बौद्धिक, चारित्रिक, राजनीतिक, सबै दृष्टिकोणबाट
– आफ्ना पुर्खाबाट भएका राम्रा कामबाट प्रेरणा लिँदै र गल्तीबाट पाठ सिक्दै
– यो देशको दिर्घकालीन हित, शान्ति, स्थिरता, भौगोलिक अखण्डता र अन्तर्राष्ट्रिय प्रतिष्ठाका लागि
– भविष्यमा राजगद्दीको भार बोक्न बहूसंख्यक नेपाली जनता र ईश्वरले विवेक र शक्ति प्रदान गरून्!
आफू ‘दुरगन्धित’ भएर अरूमा ‘सुगन्ध’ खोज्ने समाजमा ‘छवि’ जोगाउन सहज छैन। कहाँनिर मौका पाऊँ र धज्जी उडाऊँ भन्नेहरूको संख्या कम छैन। विचार पुर्याउन विनम्र आग्रह गर्दछु!
राजनीतिक दलहरूलाई न्यूनिकरण गर्ने काम कहिल्यै नहोस्। राजनीतिक दलहरूलाई न्यूनिकरण गर्दा राजसंस्था र प्रजातन्त्र दुबै संकटमा पर्ने गरेका छन्।
यो देश ढिलोचाँडो नराम्रो संकटमा फस्छ, फस्छ। हामी राजनीतिक, सामाजिक र संस्थागत रूपमा यति पतित भइसकेका छौँ कि गम्भिर संकट आइपर्दा राजसंस्था बाहेक अन्य कुनै संस्थाले त्यो सङ्कटबाट देशलाई पार लगाउन सक्दैन।
डर के हो भने जुन गतिमा “राष्ट्र र राज्य” क्षयीकृत भएर गइरहेको छ, भोली गएर राजसंस्थाले समेत सम्हाल्न नसक्ने स्थिति सृजना हुन सक्छ। त्यसको सबैभन्दा घातक असर यो देशका युवाहरूमा पर्ने छ।
देशको लागि आ-आफ्ना विचारलाई थाँति राख्दै एउटा “नवीन समझदारी”मा पुगेर राजसंस्था पुनर्स्थापना गर्न अब धेरै समय नलागोस्!

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।