सारुकको मोबाइलमा सुसाइड नोट भेटियो
काठमाडौं। झुन्डिएको अवस्थामा भेटिएका कलाकार सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट भेटिएको छ।
काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार सारुकको मोबाइललाई फरेन्सिक परीक्षणमा पठाउँदा आएको रिपोर्टमा मोबाइलको नोट प्याडमा सुसाइड नोट लेखेको भेटिएको छ।
सारुकले सुसाइड नोटमा कसैलाई दु:ख नदिन प्रहरीलाई अनुरोध गरेका छन्। nepalpress


