नेपाललाई हराएर विश्वकपमा पुगेको फिलिपिन्स बाहिरियो

काठमाडौँ । अष्ट्रेलिया र न्यूजिल्याण्डको संयुक्त आयोजनामा जारी विश्वकप महिला फुटबलबाट आयोजक न्यूजिल्याण्ड बाहिरिएको छ । न्यूजिल्याण्ड समूह चरणबाटै बाहिरिएको हो ।

त्यसैगरी एसिया कप छनोटमा नेपाललाई २–१ ले हराएर अगाडि बढेर विश्वकपमा पुगेको फिलिपिन्स पनि समूह चरणबाटै बाहिरिएको छ । तर एक खेलमा न्यूजिल्याण्डलाई हराएर विश्वकपमा डेब्यु गरेको फिलिपिन्सले सनसनी नै मच्यायो ।

समूह ‘ए’ बाट न्यूजिल्याण्ड र फिलिपिन्स बाहिरिँदा स्वीटजरल्याण्ड र नर्वे अन्तिम १६ मा पुगेका छन् । अन्तिम खेलमा आइतबार स्वीट्जरल्याण्डले न्यूजिल्याण्डलाई गोलरहित बराबरीमा रोक्यो भने नर्वेले फिलिपिन्सलाई ६–० ले हरायो । रमेन हेगले ह्याट्रिक गरिन् ।

तीन खेलबाट पाँच अंकसहित स्वीटजरल्याण्ड समूहको शीर्ष स्थानमा रह्यो । चार अंकमा नर्वे र न्यूजिल्याण्ड रहे पनि गोल अन्तरमा नर्वे अगाडि बढ्दा न्यूजिल्याण्ड बाहिरियो ।

तीन अंकसहित चौथो भएको फिलिपिन्स पनि बाहिरिएको हो । रहे । नर्वे गोलअन्तरको आधारमा दोस्रो स्थानमा रह्यो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।