शक्तिशाली विस्फोट, कम्तीमा ३५ जनाको मृत्यु
एजेन्सी । पाकिस्तानमा एक राजनीतिक दलले निकालेको र्यालीमा भएको शक्तिशाली विस्फोटमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ । अन्य कम्तीमा २०० जना घाइते भएका छन् ।
उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वाको बजुर जिल्लामा आइतबार जमियत उलेमा–ए–इस्लाम फजलले निकालेको र्यालीमा बम विस्फोट भएको हो । बजुर अफगानिस्तानसँग सीमा जोडिएको जिल्ला हो ।
मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।
विस्फोटमा जमियतका एक प्रमुख स्थानीय नेताको पनि मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।
घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ ।


