प्रधानमन्त्री प्रचण्डको गुनासो – टीआरसी विधेयकमा संसदमा ढिलासुस्ती भयो

१५ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसँग सम्बन्धित टीआरसी विधेयकमा संसदले ढिलासुस्ती गरेको गुनासो गरेको छन् ।

टीआरसीसहित सरकारले प्राथमिकतामा राखेर ल्याएका विधेयकहरु संसदीय प्रक्रियामा आएपछि अपेक्षित रुपमा अगाडि बढ्न नसकेको गुनासो विपक्षी दलका नेताहरुसँग गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार लगायतसँग भेट गरेका छन् । भेटका क्रममा उनले सरकारले प्राथमिकतामा राखेका विधेयकहरुमा ढिलासुस्ती भएको गुनासो गरेका हुन् ।

भेटमा प्रधानमन्त्री प्रचण्डले टीआरसी विधेयकका विषयमा चासो राखेको रास्वपा प्रमसख सचेतक परियारले जानकारी दिए ।

‘संक्रमणकालीन न्यायसँग सम्बन्धित टीआरसी विधेयकको काम के हुँदै छ भनेर उहाँ (प्रधानमन्त्रधी प्रचण्ड)चासो राख्नु भएको थियो,’ परियारले भने, ‘कानुन समितिले उपसमिति बनाएर छलफल सकाएको र प्रतिवेदन लेखनको काम सुरु गरेको जानकारी गराएँ ।’प्रमुख सचेतक परियार प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समिति सदस्य छन् ।

टीआरसीका विषयमा आफूले समेत राजनीतिक रुपमा सरसल्लाह गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ‘टीआरसीलाई राम्रोसँग अगाडि बढाउन’ समेत भनेको उनले जानकारी दिए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।