काठमाडौंका पहिलो मेयर सिंह अस्वस्थ, मेडिसिटीमा गरियो अपरेसन

काठमाडौं । ०४९ सालमा काठमाडौं महानगरपालिकाका मेयर रहेका पीएलसिंह अस्वस्थ भएका छन् । अल्सर बिग्रिएर आन्द्रामा समस्या देखिएको हो । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उनको पेटको अपरेसन गरिएको छ ।

खानामा अरुचि भएपछि अस्पताल लैजाँदा रगतमा होमोग्लोबिनको मात्रा कम देखिएको थियो । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो । त्यसक्रममा ८४ वर्षीय सिंहलाई बान्ता भएको थियो । बान्तामा रगत देखिएपछि इन्डोस्कोपी गर्दा अल्सर पत्ता लागेको थियो ।

“अल्सर भएको र आन्द्राबाट ‘ब्लिडिङ’ भएको थाहा भएपछि अपरेसन गरिएको हो,” सिंहका भाइ इन्द्रलाल सिंहले बाह्रखरीसँग भने, “अहिले उहाँलाई ‘अब्जरवेसन’मा राखिएको छ ।”

उनको अवस्था बुझ्न अस्पताल पुगेकी नेपाली कांग्रेसकी नेत्री सिर्जना सिंहले चिकित्सकको ‘ब्रिफिङ’पछि मात्र त्यसबारेमा जानकारी हुने बताइन् ।

कांग्रेसका संस्थापक नेता तथा ०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहका प्रमुख सहयोगी भएर पीएलले काम गरेका थिए । गणेशमानसँग परिवारका सदस्यभन्दा निकट मानिने पीएलले पछिल्लो समय कांग्रेसले लिएको नीतिप्रति असहमति राख्दै आएका थिए ।

उनी ०४६ सालसम्म चाक्सीबारीस्थित गणेशमान सिंहको निवासमै बसेका थिए । गणेशमान र मंगलादेवी सिंहलाई सहयोग गरेका थिए । पीएल त्यसपछि आफ्नै निवासमा बस्न थालेका थिए।

०४९ मा स्थानीय निर्वाचन जितेर तत्कालीन काठमाडौं नगरपालिकाका मेयर बने । पञ्चायत व्यवस्थापछि काठमाडौंका उनी पहिलो मेयर हुन् । पीएलले आफ्नो कार्यकालमा गरेका कामले काठमाडौं महानगरपालिकाको जग हालिएको मानिन्छ । उनी पूर्वमन्त्री पनि हुन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।