कस्ता–कस्ता पदार्थ लागूऔषध हुन् ?
काठमाडौं, १५ साउन । मानिसमा लत सिर्जना गरी दुर्व्यसनी तुल्याउने वस्तु वा पदार्थ लागूऔषध हो । यस्ता प्रकारका वस्तुका प्रयोगले व्यक्ति, समाज, सामाजिक मूल्य मान्यता र सिंगो राष्ट्रलाई नै क्षती पुयाको हुन्छ ।
लागूऔषधले शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने गर्छ । यसले मानिसको भावना र सोचाईमा नकारात्मक परिवर्तन ल्याउँछ । यस्ता वस्तुहरु विक्री वितरण र प्रयोगका लागि कानुनले निधेष गरेको हुन्छ ।
नेपालको सन्दर्भमा लागूऔषध नियन्त्रण ऐन– २०३३ ले गाँजा, औषधोपयोगी गाँजा, अफिम, तयारीको अफिम, औषधोपयोगि अफिम, कोकाको झार र पात, अफिम तथा कोककाको सारतत्व मिश्रण वा लवणसमेत मिलाई तयार गरिने कुनै पदार्थ, नेपाल सरकारले समय–समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएका प्राकृतिक वा कृत्रिम लागु औषध तथा मनोदिपक पदार्थ (साइकोट्रपिक्स सब्स्टान्स) र तिनको लवणहरू तथा अन्य पदार्थसमेतलाई लागूऔषध भनि परिभाषित गरेको छ ।
विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शररिका लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनि परिभाषित गरेको छ। यस्ता प्रकारका पदार्थको विक्री, वितररण, उत्पादन र प्रयोग कानुनी दृष्टिले अपराध हुन जान्छ ।


