भारतमा धार्मिक द्वन्द्व चर्कियो, गोली लागेर दुईको मृत्यु, ४० बढी सवारीसाधनमा आगजनी

नयाँ दिल्ली— भारतको हरियाणाको नुहमा सोमबार विश्व हिन्दू परिषद् र मातृशक्ति दुर्गा वाहिनीले निकालेको ब्रजमण्डल यात्रामा झडप भएको छ । दुई समूहबीच झडप भएपछि ४० बढी सवारीसाधनमा आगजनी भएको छ । प्रहरीमाथि पनि ढुंगामुढा भएको थियो ।

यस क्रममा धेरै मानिस र प्रहरी घाइते भएका छन् । गोली लागेर दुई जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

नुह जिल्ला प्रशासनले स्थितिलाई नियन्त्रण गर्न अन्य जिल्लाबाट प्रहरी बोलाएको छ भने पूरै जिल्लामा इन्टरनेट पनि बन्द गरिएको छ । जिल्लाको सिमाना सिल गरिएको छ ।

नुहको नल्हाद शिव मन्दिरबाट सुरु भएको ब्रजमण्डल यात्रा फिरोजपुर–झिरकातर्फ गएको थियो । यात्रा तिरंगा पार्क नजिक पुगेपछि त्यहाँ मानिसको भीड लागेको थियो । आमनेसामने हुनासाथ दुई पक्षबीच झगडा र ढुंगा हानाहान सुरु भएको थियो ।

झडपका क्रममा बस पार्क र राजमार्गमा राखिएका ४० भन्दा बढी सवारीसाधनमा आगजनी र तोडफोड गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।