यसरी जोगिन सकिन्छ आंखा पाक्ने समस्याबाट

काठमाडौ । जनकपुरस्थित जानकी आँखा अस्पतालमा बिरामीको भिड बढेको छ। पहिले बढीमा दैनिक साढे ६ सय जनासम्म उपचार गराउन आउने भए पनि अहिले ८ सयभन्दा बढी आइरहेका छन्।
आँखा पाक्ने रोग धेरै फैलिएकाले बिरामी संख्या बढेको अस्पतालका मेडिकल डाइरेक्टर डा. आशिष बोहोराले बताए।

उनका अनुसार यो साता आँखा पाक्ने समस्या लिएर मात्रै दैनिक डेढ सय जनासम्म बिरामी आउन थालेका छन्।
गत साता यस्तै समस्या लिएर आउने बिरामी संख्या ४०/४५ जना मात्रै थियो। अहिले आँखा पाक्ने समस्या उच्च बिन्दुमा फैलिएको उनले बताए।
‘वर्षायाम सुरू भएसँगै यो रोग अहिले देशैभर महामारीजस्तै फैलिएको छ। भारतमा पनि संक्रमण एकदमै धेरै देखिएको छ। जसरी जाडो महिनामा रूघाखोकीको संक्रमण बढ्छ, त्यस्तै आँखा पाक्ने यो समस्या पनि सिजनल फ्लु नै हो,’ आँखा रोग विशेषज्ञ डा. बोहोराले भने, ‘दुई/तीन वर्षअघि पनि यसरी नै यो रोग फैलिएको थियो। पछिल्लो दुई वर्ष भने खासै धेरै देखिएन। यो एक महिनायता भने संक्रमित बढेका छन्। तर हामी आत्तिनुपर्ने, त्रसित हुनुपर्ने अवस्था छैन।’

अन्य सामुदायिक आँखा उपचार केन्द्र र गाउँका क्लिनिकहरूमा पनि यस्ता पनि बिरामी संख्या बढेको पाइएको उनले बताए।
उनका अनुसार संक्रमण भइसकेपछि सुरूमा आँखा बिझाउने, चिलाउने, चिप्रा टाँसिने, आँखा रातो हुने, आँशु बग्ने, घाममा हिँड्न गाह्रो हुने लगायत लक्षण देखा पर्छन्। कसैकसैलाई धेरै गाह्रो भयो आँखाको ढकनी सुन्निन्छ पनि।

‘पहिलो चरणमै यो आँखा पाक्ने रोग हो भनेर हामीले पहिचान गर्न सक्नुपर्छ। यो एकदमै धेरै संक्रामक पनि हुन्छ। एउटा आँखाबाट अर्को आँखामा वा परिवारकै सदस्यहरूमाझ सर्दै जान्छ। त्यसलै सावधानी अपनाउन एकदमै जरूरी छ,’ उनले भने।
दोस्रो चरणमा बिहान-बेलुकी पानीले आँखा पखाल्न र चिसो आइसले सेक्न डा. बोहोरा सुझाउँछन्। यति गर्दा पनि निको नभएको अवस्थामा चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्छ।

‘संक्रमण हुँदा हेर्न गाह्रो त हुन्छ तर दृष्टिमा खासै असर गर्दैन। यसले विशेषगरी आँखाको बाहिरी झिल्लीलाई असर गर्छ,’ उनले थपे, ‘कोरोना भाइरस जसरी हावाबाट एकअर्कामा सर्थ्यो, त्यसरी त यो सर्दैन। तर संक्रमितले अर्कालाई छुँदा, उसको रूमाल प्रयोग गर्दा, एउटै घरमा बस्दा सर्ने सम्भावना बढी हुन्छ। त्यसैले आँखा पाक्ने बिरामीलाई बेग्लै राख्नुपर्छ।’

डा. बोहोरा रोगप्रतिरोधक क्षमता अनुसार यो संक्रमण निको हुने बताउँछन्। रोगसँग लड्ने क्षमता बढी हुँदा सामान्यतया चारदेखि पाँच दिन र कमजोर हुँदा बढीमा दुई सातासम्म समस्या देखिने उनले बताए।
सहजताका लागि कालो चस्मा लगाउँदा उपयुक्त हुन्छ। यसलाई सर्नबाट रोक्न बच्चाहरूलाई सकेसम्म बिरामी अवस्थामा स्कुल नपठाउन तथा रोगीहरू भिडभाडमा जान नहुने उनको भनाइ छ।

‘आँखामा औषधि हाल्दा पनि हात धोएर राख्नुपर्छ। कहिलेकाहीँ एउटा आँखामा मात्रै संक्रमण छ भने औषधि चुहिएर अर्कोमा गयो भने त्यसमा पनि सर्न सक्छ। त्यसैले औषधि राखेर सिधा बस्नुपर्छ,’ डा. बोहोराले भने।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖