किन त्यत्तिकै फर्कियो प्रहरीमा किटानी जाहेरी दिन पुगेको सारुकको परिवार ?

काठमाडौँ । अभिनेता सारुक ताम्राकारको आत्महत्या प्रकरणको अझै सुल्झिन सकेको छैन ।

आत्महत्याको विषयमा प्रहरीले उनको मोबाइलबाट ‘१ पेज लामो’ सुसाइड नोट भेटेको जनाएको छ । मोबाइल नोटमा सारुकले आफ्ना सबै साथीभाइलाई सम्झेका छन् कसैलाई आरोप नलगाएको बताइएको छ ।

यसैबीच आत्महत्याको अनुसन्धान सुस्त देखियो भन्दै आइतबार दिउँसो सारुककी आमा कलाकार संघको एक टोलीसहित किटानी जाहेरी लिएर जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेकी थिइन् । तर, प्रहरीले प्रारम्भिक निवेदनको आधारमा नै अनुसन्धान भइरहेको भन्दै किटानी जाहेरी नलिएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले बताए ।

‘हामी कलाकार संघको एक टोली सारुकको अनुसन्धानमा दबाब दिन उनकी आमासहित किटानी जाहेरी लिएर जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेका थियौ’, निरौलाले भने, ‘एसएसपी सा’बले प्रारम्भिक निवेदनकै आधारमा अगाडि बढिरहेका छौं । यदि जाहेरी चाहिएको अवस्थामा माग्छौं भन्नुभयो ।’

यो केशमा राम्रोसँग अनुसन्धान भैरहेकाले यसलाई प्रभावित हुने गरी कुनै कार्य नगरिदिन समेत प्रहरीले परिवारलाई अनुरोध गरेका निरौलाको भनाइ छ ।

किटानी जाहेरीमा कसको नाम थियो भन्नेबारे निरौलाले खोल्न चाहेनन् ।

सारुककी आमासँग कलाकार संघका अध्यक्ष निरौलासहित संघका महासचिव सविन श्रेष्ठ, पूर्वअध्यक्ष रवीन्द्र खड्का लगायत सहभागी थिए ।

सारुकका पिता भने अहिले अस्वस्थ भएका कारण शनिवारबाट नर्भिक अस्पतालमा उपचारार्थ छन् । गत असार २१ गते सारुक रातोपुलस्थित आफ्नो घरमा झुन्डिएको अवस्थामा भेटिएका थिए ।

आत्महत्या अगाडिसम्म उनी फिल्म ‘ह्यासट्याग माया’को सुटिङमा सक्रिय थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।