ओलीको दाबी- माओवादी संलग्नता देखिएपछि सुनकाण्ड अन्यत्र मोड्न खोज्दैछन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी काण्ड नेकपा माओवादी केन्द्रका नेताहरूको वरिपरि घुमेको दाबी गरेका छन् । पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभागको दशौं बैठकलाई सोमबार सम्बोधन गर्दै सुन तस्करी काण्ड माओवादीभन्दा बाहिर जानै नसक्ने जिकिर गरे ।

उनले भने, ‘घटनाक्रमहरूले सुनकाण्डमा माओवादीको संलग्नता देखिएको छ । उनीहरूले घटनाक्रमलाई अन्यत्र मोड्न खोजेका छन् । गोदाममा रहेको साढे नौ किलो सुन हरायो ? यो भन्दा राज्यशक्तिको भद्दा दुरूपयोग के हुन्छ ?’

ओलीले गृहमन्त्री मातहतको मेसिनरीले के हेरेको ? भन्दै प्रश्न गरे ।‘यसमा गृहमन्त्रीको संलग्नता छ, त्यसैले हामीले गृहमन्त्रीको राजीनामा मागेका हौं’, ओलीले थपे ।

गृहमन्त्रीको संलग्नता भएकै कारण घटनाक्रमलाई अन्यत्र मोड्न यता उता देखाउने र ‘टार’ र ‘कोट’ को कुरा गरेको आरोप लगाए । सरकारको जिम्मेवार मन्त्रीले अरूमाथि आरोप लगाउँदा पुष्टि गर्नुपर्ने बताए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।