सभामुख बाबुराम गौतमले राजीनामा दिने

काठमाडौं : कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिने भएका छन्। सरकार गठनका लागि बहुमत नपुग्ने अवस्था आएपछि सभामुख गौतमले राजीनामा दिने भएका हुन्।

माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले सरकार गठनका लागि बहुमत पुर्‍याउन सभामुख गौतमले राजीनामा दिने बताए। उनले आफूहरु अहिले सभामुखसँग छलफलमा रहेको बताए। यस्तै नेपाली कांग्रेसका सचेतक भूपेन्द्र राईले पनि सभामुखले राजीनामा दिने जानकारी आएको बताए।

यस विषयमा सभामुख गौतमसँग सम्पर्क गर्न खोज्दा फोन अफ छ। उनले आफूले सरकार गठनका लागि राजीनामा नदिने बताउँदै आइरहेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित गठबन्धनका शीर्ष नेताहरूबीच सभामुखलाई राजीनामा गराएर सरकार गठन गर्ने सहमति भएको बताए।

कोशीमा नयाँ सरकार गठनका लागि ९३ सदस्यीय प्रदेशसभामा ४७ सांसदको समर्थन आवश्यक छ। तर, गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुख बाहेक १२, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका एक गरी ४६ मात्रै सांसद रहेकाले सभामुख गौतमलाई राजीनामा गराएर बहुमत पुर्‍याउने निर्णयमा पुग्न बाध्य भएको हो। एमालेको ४० र राप्रपाको ६ प्रदेश सांसद छन्।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖