हिक्मत कार्की – कोसीमा कांग्रेस,एमाले मिल्नुपर्छ

विराटनगर । कोसी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले यहाँको संकटबाट बाहिर निस्कन नेपाली कांग्रेस र नेकपा (एमाले) मिल्नुपर्नेमा जोड दिएका छन् । कोसी प्रदेशमा सरकार निर्माणमै संकट आएको भन्दै उनले त्यसको निराकरणका लागि कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने बताए ।

“कांग्रेस र एमाले मिलेर मुलुकुको राजनीतिक संकमण जस्तो अवस्था छ, अन्योलको अवस्था छ, यसबाट बाहिर निकाल्न सक्नुपर्छ,” कार्कीले भने, “तर, कांग्रेस तत्काल मिलेर अघि जाने अवस्थामा देखिएको छैन ।”

कांग्रेसले प्रदेश सभामुखलाई राजीनामा दिन लगाएर अमर्यादित रूपमा सत्ता लिन खोजेको उनको आरोप छ । उनले धेरैपछि चेतेर मात्र कांग्रेस एमालेसँग मिल्न आउने बताए । एमालेले उपसभामुखलाई राजीनामा गराएर अमर्यादित काम नगर्ने उनको भनाइ छ ।

“कांग्रेस हिजो असंवैधानिक रूपमा सभामुखलाई हस्ताक्षर गराएर सरकारमा गयो, आज सभामुखलाई राजीनामा गराएर सरकारमा जाँन खोज्दै छ । तत्काल एमालेसँग मिलेर समस्याको निकास दिने बाटोमा कांग्रेस छैन,” उनले भने, “केही समयपछि सच्चिएर कांग्रेस एमालेसँगसँगै अघि बढ्ने अवस्था बन्छ । एमालेले त्यो काम गर्छ ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।