शुक्र ग्रहमा मान्छे पठाउने लक्ष्य

काठमाडौं । समुद्री पर्यटन, खोज र अन्वेषणसम्बन्धी कम्पनी ओसनगेटका सहसंस्थापक गुइलेर्मो सोहन्लेनले शुक्र ग्रहमा मानिस पठाउने लक्ष्य राखेका छन् ।

गएको जुनमा अमेरिकी कम्पनी ओसनगेटले टाइटानिक जहाजको भग्नावशेषनजिक एक पनडुब्बी पठाएको थियो । सो पनडुब्बी विस्फोट भएर त्यसमा सवार पाँचजनाको मृत्यु भएको थियो । ज्यान गुमाउनेमा ओसनगेटकै सीईओ स्टकटन रश पनि थिए ।

यो घटनापछि हालै एक अन्तर्वार्तामा कम्पनीका सहसंस्थापक सोहन्लेनले सन् २०५० सम्म शुक्र ग्रहमा मानिस पठाउने लक्ष्य राखिएको बताएका हुन् ।

ह्युमनटुभेनस कम्पनीका अध्यक्ष एवं संस्थापक समेत रहेका सोहन्लेनले इन्साइडरसँगको अन्तर्वार्तामा सौर्यमण्डलको सबैभन्दा तातो ग्रह शुक्रमा एक हजार मानिसका लागि कोलोनी निर्माण गर्न सकिने आशा व्यक्त गरे ।

शुक्र ग्रहको सतहबाट करिब ४८ किलोमिटरमाथिको भागमा मानिसको अस्तित्व हुन सक्ने नासाको पछिल्लो नतिजालाई उद्धृत गर्दै उनले यस्तो बताएका हुन् । नासाले शुक्र ग्रहमा कार्बनडाइअक्साइड भरिएको एकदमै विषाक्त वातावरण रहेको उल्लेख गरेको छ ।

सोहन्लेनले २००९ मा स्टकटन रशसँग मिलेर ओसनगेटको स्थापना गरेका थिए ।शुक्र ग्रहलाई सल्फ्युरिक एसिडको बाक्लो पहेँलो बादलले ढाकेका कारण पनि यसको तापक्रम उच्च छ । विज्ञले शुक्र ग्रहमा मानिस बस्न लगभग असम्भव हुने बताएका छन् ।

हरितगृह ग्यास कार्बनडाइअक्साइड र सल्फ्युरिक एसिडको बादलले तापलाई शुक्र ग्रहमै रोक्छ । यसको सतहलाई भट्टीझैँ तातो बनाउँछ । शुक्र ग्रह यति धेरै तातो छ कि यसमा सिसा सहजै पग्लिन सक्छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।