आङ सान सुकीलाई ५ वटा मुद्दामा माफी, ३३ वर्ष तोकिएको कैद सजाय २७ मा झर्‍याे

एजेन्सी । म्यानमारको सैन्य सरकारले प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई पाँच वटा मुद्दामा माफी दिएको छ । विभिन्न मुद्दा लगाएर कैद ३३ वर्षको कैद सजाय तोकिएकोमा पाँच वटा मुद्दामा माफी दिएसँगै सुकीको कैद अवधि २७ वर्षमा झरेको बीबीसीले जनाएको छ ।

पछिल्लो केही समयदेखि सैन्य सरकार सुकीप्रति केही लचिलो बन्दै गएको छ । यही हप्ता एक जना विदेशी अधिकारी र देशका सभामुखलाई भेट्न दिएको सैन्य सरकारले सुकीलाई कारागारबाट विशिष्ट व्यक्तिको आवास क्षेत्रमा सारेको छ ।

यस्तै सैन्य सरकारले पूर्वराष्ट्रपति विन मिन्टलाई पनि दुई वटा मुद्दामा माफी दिँदै १२ वर्षको कैद सजाय आठ वर्षमा झारेको छ । यस्तै सैन्य ‘कु’ पछि भएको विद्रोहको क्रममा पक्राउ परेकामध्ये सात हजार आठ सय जना कैदीको सजायसमेत माफी भएको छ ।

म्यानमारको राजधानी नेपोडीमा स्थापना गरेको गौतम बुद्धको विशाल मूर्तिकाे अनावरण कार्यक्रममा सैन्य सरकारले कैद छुट तथा माफीको घोषणा गरेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।