खाँण र रायमाझीको कैफियत प्रतिवेदन झिकाउन उच्च अदालतको आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध बालकृष्ण खाँण र टोपबहादुर रायमाझी उच्च अदालत पाटन गएका छन् ।आफूहरुलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश गलत भएको भन्दै काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध खाँण र रायमाझी उच्च अदालत पाटन पुगेका छन् । उनीहरु एकैसाथ भने अदालत गएका होइनन् ।

यही साउन ११ गते रायमाझीले उच्चमा निवेदन दिएका थिए भने खाँणले १२ गते निवेदन दिएका थिए । उनीहरु दुवैले मुद्दाको विषयवस्तु, प्रमाणको विवेचना नगरी आफूहरुलाई थुनामा राखेको भन्दै उनीहरुले थुनामुक्त गर्ने आदेश माग गरेका छन् ।

टोपबहादुरको निवेदनमा सुनुवाइ गर्दै १२ गते नै न्यायाधीश महेन्द्रनाथ उपाध्यायको इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ भने खाँणको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद पौडेलेका इजलासले १४ साउनमा कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको हो ।

सम्बन्धित व्यक्तिलाई लागेको अभियोग र त्यसका आधारमा आदेश गरिएको आधारसहित तयार पारिएको विवरणलाई कैफियत प्रतिवेदन भनिन्छ । जिल्ला अदालतले प्रतिवेदन पठाएपछि उच्च अदालतले सुनुवाइसहित जिल्लाको आदेशको परीक्षण गरी थप आदेश दिनेछ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।