भट्टराई र हर्क साम्पाङबीच भेटवार्ता
सुनसरी । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच धरान उपमहानगरपालिकाकै कार्यालयमा भेटवार्ता भएको हो । भेटमा साम्पाङले भट्टराईसहित नेसपाका नेताहरूलाई रुद्राक्षको माला लगाएर स्वागत गरेका छन् ।नेसपा नेताहरू सङ्गठन विस्तारका लागि कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा छन् ।


