सहमति नजुटेपछि एक साताका लागि स्थगित भयो प्रतिनिधि सभा

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक अवरुद्ध गर्ने चेतावनी दिएपछि मंगलवार बस्ने भनिएको प्रतिनिधि सभा बैठक बस्दै नबसी एक साताका लागि स्थगित भएको छ ।

संसद् सचिवालयका एक अधिकारीले साउन २२ गतेसोमवार सम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिए । उनका अनुसार संसद् सचिवालयले बैठक स्थगित भएको सूचना जारी गरेको छ ।

एक क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग गर्दै एमालेले साउन १० गते प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको थियो ।

एमालेको अवरोधपछि बैठक ५ दिनको लागि स्थगित गरिएको थियो । सोमवारको बैठक पनि अवरुद्ध गर्ने एमाले चेतावनीपछि बैठक सूचनामार्फत् स्थगित गरिएको थियो ।

संसद् गतिरोध हटाउने प्रयास स्वरूप सभामुख देवराज घिमिरेले मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुरा गरेका थिए । त्यसपछि बसेको कार्यव्यबस्था परामर्श समितिको बैठकमा सहमति जुटन नसकेको हो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।