यस्ता छन् मन्त्रिपरिषद्का तीन निर्णयहरु

काठमाडौं । सरकारले संघीय शिक्षा विधेयक संसद्मा पठाउन स्वीकृति दिएको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले उक्त विधेयक संसद्मा पठाउनका लागि स्वीकृति दिने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले बताईन् ।

‘लामो प्रतिक्षारत संघीय शिक्षा ऐन क्याविनेटको विधेयक समितिबाट क्याविनेटमा आएको थियो । क्याविनेटले संसद्मा पठाउन स्वीकृति दिएको छ,’– मन्त्री शर्माले भनिन् ।

सरकारले विश्व वातावरण सुविधाबाट प्राप्त हुने करिब २० करोड २२ लाख रुपैयाँ अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा उक्त अनुदान स्वीकार गर्ने निर्णय गरिएको हो ।

त्यसैगरी, मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको विज्ञापन (नियमन गर्ने) (पहिलो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय पनि भएको छ ।

साथै, गाई, भैंसीमा देखिएको लम्की स्कीन रोगबाट पीडित किसानलाई राहत र संक्रमित पशुहरुको उपचारका बारेमा पनि छलफल भएको मन्त्री शर्माले बताईन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।