पल शाहकी बहिनी रोशनी ‘हिमालयन रोडिज’मा प्रतिस्पर्धी

काठमाडौं । अभिनेता पल शाहकी बहिनी रोशनी टेलिभिजन रियालिटी शो ‘हिमालयन रोडिज’ को पाँचौं सिजनमा प्रतिस्पर्धा गर्न पुगेकी छन् । सोमबार बेलुकी प्रसारित पहिलो एपिसोडमा काठमाडौं अडिसन प्रसारण गरिएको थियो, जसमा रोशनीले भाग लिएकी हुन् ।

रोशनीले आफूले जीवनमा भोगिरहेको ‘पहिचानको संकट’ निवारणका लागि यो कार्यक्रममा आएको बताइन् । आफू सँधै दाजु पल शाहको छायाँमा परिरहेको अनुभुति उनले सुनाइन् ।

रोशनीका अनुसार उनी ५-६ वर्षसम्म हिपले घिस्रेर हिँड्ने गर्थिन् । ६ वर्षको उमेरमा बल्ल हिँड्न सिकेकी हुन् ।

उनले भावुक बन्दै भनिन्, ‘म यसलाई अर्को जुनी सम्झन्छु । म जन्मिने बेलामा बल्ल पोलियो आएको थियो रे । त्यतिबेला मैले मौका पाइनँ । म त्यो टाइममा अशक्त थिएँ । समाजले परिवारलाई कति कुरा सुनायो होला । तर मेरो परिवारले मलाई राम्रोसँग ट्रिट गर्योप । ६ वर्षको उमेरमा हिंड्न सकें ।’

उनले थपिन्, ‘मेरो दाइ जुन संघर्ष गरेर यहाँ पुग्नुभएको छ । मैले पनि मेरो नाम राख्न म आफैं हिँड्नुपर्छ । त्यही भएर यहाँ आएको हुँ । यो फर्ममा कहीं पनि दाइ पल शाहको नाम छैन ।’

रोशनीको हार नमान्ने स्वभाव र बाल्यकालीन संघर्षबाट प्रभावित भएर आफूले उनलाई रोडिजका लागि छनोट गरेको कार्यक्रमकी एक ग्याङ लिडर प्रियंकाले बताइन् । रोशनीले ग्याङ लिडरको रुपमा दीया मास्केलाई रोजिन् ।

रोशनीलाई रोडिजमा फिजिकल एक्सरसाइज गर्न गाह्रो भएन । झुण्डिएको बाँसमा हिंड्नेदेखि लिफ्टअप गर्ने र काठमा चढ्ने टास्क उनले सजिलै पूरा गरिन् ।

बलात्कारको आरोपमा पल शाह पक्राउ परेपछि रोशनी धेरैको नजरमा परेकी थिइन् । उनले दाजूलाई जेलबाट छुटाउन निकै संघर्ष गरिन् । जेलबाट पल छुटेपछि उनको छाया बनेर साथ दिइरहेकी थिइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।