धनकुटामा नि:शुल्क आंखा शिविर सम्पन्न

धनकुटा । लेडि जेसिज धनकुटाको आयोजना र नेपाल नेत्र ज्योती संघ धनकुटा डा. राम प्रसाद आंखा अस्पताल धनकुटाको प्राविधिक सहयोगमा धनकुटाको जेसिज गाउंमा नि:शुल्क आंखा शिविर कार्यक्रम सम्पन्न भएको छ ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले उक्त नि:शुल्क शिविरको उद्घाटन गर्दै मानिसको सवैभन्दा संवथेशिल र महत्वपूर्ण अंग आखा भएकोले आखालाई विशेष ध्यान दिनु पर्नेमा जोड दिदै आखाको वारेमा जेसिज मार्फत जनचेतना जगाउन सके अझ प्रभावकारी हुनेमा जोड दिनु भयो ।

धनकुटा लेडि जेसिजका अध्यक्ष मुनेका वस्नेतको अध्यक्षतमा संचालन भएको उक्त निशुल्क आखा शिविरमा महासचिव मुना पोखरेलले कार्यक्रम संचालन गर्नु भएको थियो भने कार्यक्रमको महत्वको वारेमा पुर्व अध्यक्ष विसिका श्रेष्ठले वताउनु भएको थियो । उक्त कार्यक्रमा पूर्व अध्यक्ष विसिका श्रेष्ठ,उपाध्यक्ष शोभा श्रेष्ठ,सचिव शोभा राईको सहभागीता रहेको थियो ।

उक्त शिविरमा डा. राम प्रसाद आखा अस्पतालका नेत्र विशेषज्ञ सजल भण्डारीले ५६ जनाको आखा परिक्षण गरी उपचार गर्नु भएको र उहालाई सो अस्पतालका विक्रम मिश्रले सहयोग गर्नु भएको थियो ।
धनकुटा नगरपालिका वडा नं. ६ का जेसिज गाउको र पाल्ले खोला क्षेत्रका स्थानीय वासिन्दाहरुको आखा जाच गरी उपचार गरिएको लेडि जेसिज धनकुटाका महासचिव मुना पोखरेले वताउनु भयो ।

लेडि जेसिज धनकुटाले धनकुटाको वडा नं. ६ को उक्त गाउलाई चार बर्ष अघि जेसिज गाउको नामाकरण गरी प्रत्येक बर्ष उक्त जेसिज गाउमा विभिन्न समाजिक क्रियाकलापहरु गर्दै आएको पूर्व अध्यक्ष विसिका श्रेष्ठले वताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।